• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १४, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय

१६ घण्टा अघि
२

मधेसमा नयाँ सरकार गठनको तयारी, एमाले–जसपा–जनमतबीच छलफल

१९ घण्टा अघि
३

नेपाल टेलिकमले ८० जना कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने

२0 घण्टा अघि
४

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको उद्घाटन बालेन र मोदीले गर्ने

२0 घण्टा अघि
५

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव घट्दै जाने

२१ घण्टा अघि
६

सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

२१ घण्टा अघि
७

राज्यका निकायमा देखिएका विकृति हटाउनुपर्छ : बाबुराम भट्टराई

२१ घण्टा अघि
८

बिचौलिया प्रकरणले सर्वोच्चमा तरंग, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

२२ घण्टा अघि
९

भुटानमा हिमताल फुटेर बाढी, प्रसिद्ध गसा छाचु तातोपानी कुण्डमा क्षति

२२ घण्टा अघि
१०

२० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने

१ दिन अघि
११

अदालतमा मुद्दा रहेका कांग्रेसका ४ केन्द्रीय सदस्यको शपथ रोकियो

१ दिन अघि
१२

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतबार (२ महिना अघि)

कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

  • 2,223 Views
  • काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएको छ। प्रणालीमा पर्याप्त रकम उपलब्ध भए पनि कर्जा विस्तार अपेक्षित रूपमा हुन नसकेपछि बैंकहरूले निक्षेपको लागत घटाउने रणनीति अपनाउन थालेका छन्। यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा समेत देखिएको छ।

    भदौमा २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा निक्षेपको ब्याजदर घटाएका छन्। अधिकांश बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बैंकहरूले व्यक्तिगत निक्षेपमा दिने औसत अधिकतम ब्याजदर भदौमा ४.१३६ प्रतिशत कायम भएको छ। साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो। यसअनुसार एक महिनाको अवधिमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ०.०३१५ प्रतिशतविन्दुले घटेको छ।

    संस्थागत निक्षेपको ब्याजदरमा पनि सामान्य कमी आएको छ। साउनमा संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर ३.११६ प्रतिशत रहेकोमा भदौमा घटेर ३.०८१ प्रतिशत कायम भएको छ। निक्षेपको ब्याजदरमा आएको यो कमीले बैंकिङ प्रणालीमा नयाँ निक्षेप आकर्षित गर्नभन्दा उपलब्ध स्रोतको लागत घटाउनेतर्फ बैंकहरूको ध्यान केन्द्रित भएको संकेत गरेको छ।

    भदौका लागि ब्याजदर घटाउने पाँच बैंकमध्ये सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.२९ प्रतिशतविन्दुले घटाएर ३.७६ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपको ब्याजदर पनि ०.२० प्रतिशतविन्दुले घटाएर ३.०५ प्रतिशतमा झारिएको छ।

    नेपाल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.१० प्रतिशतविन्दुले घटाएर ४.१५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ भने बैंकले ०.५० प्रतिशतविन्दुको कटौती गर्दै ब्याजदर ३.५० प्रतिशतमा सीमित गरेको छ।

    त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएर ३.८५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले ३.७६ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत ब्याजदर कायम गरेका छन्।

    भदौमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने वाणिज्य बैंकको संख्या १५ रहेको छ। नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्। यी बैंक व्यक्तिगत निक्षेपमा तुलनात्मक रूपमा उच्च ब्याजदर दिने बैंकको सूचीमा छन्।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकलगायतले पनि साउनमा कायम गरेको ब्याजदरलाई नै भदौमा निरन्तरता दिएका छन्।

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि त्यसअनुसार कर्जाको माग विस्तार हुन सकेको छैन। निक्षेप बढ्दै जाने तर कर्जा प्रवाह अपेक्षाकृत सुस्त रहने अवस्थाले बैंकहरूको लगानीयोग्य रकममा दबाब बढाएको छ। यस्तो अवस्थामा निक्षेप आकर्षित गर्न उच्च ब्याजदर कायम गर्नुभन्दा उपलब्ध स्रोतको लागत घटाउने रणनीति बैंकहरूले अपनाएका हुन्।

    तरलता सहज रहने र कर्जाको मागमा अपेक्षित सुधार नआउने अवस्था कायम रहेमा आगामी महिनाहरूमा पनि निक्षेपको ब्याजदरमा ठूलो वृद्धि हुने सम्भावना कमजोर देखिन्छ। निक्षेपको ब्याजदर घट्दा बचतकर्ताले पाउने प्रतिफलमा दबाब पर्न सक्ने भए पनि बैंकहरूको स्रोत लागत कम हुँदा कर्जाको ब्याजदरलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्न सक्छ। यसले आगामी दिनमा कर्जा विस्तार र समग्र आर्थिक गतिविधिमा समेत प्रभाव पार्न सक्ने देखिन्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय
    १६ घण्टा अघि

  • २

    मधेसमा नयाँ सरकार गठनको तयारी, एमाले–जसपा–जनमतबीच छलफल
    १९ घण्टा अघि

  • ३

    नेपाल टेलिकमले ८० जना कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने
    २0 घण्टा अघि

  • ४

    जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको उद्घाटन बालेन र मोदीले गर्ने
    २0 घण्टा अघि

  • ५

    शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव घट्दै जाने
    २१ घण्टा अघि

  • ६

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस
    २१ घण्टा अघि

  • ७

    राज्यका निकायमा देखिएका विकृति हटाउनुपर्छ : बाबुराम भट्टराई
    २१ घण्टा अघि

  • ८

    बिचौलिया प्रकरणले सर्वोच्चमा तरंग, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट
    २२ घण्टा अघि

  • ९

    भुटानमा हिमताल फुटेर बाढी, प्रसिद्ध गसा छाचु तातोपानी कुण्डमा क्षति
    २२ घण्टा अघि

  • १०

    २० औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम गर्ने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

    नेपाल नक्सा
    २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ३

    नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

    नेपाल नक्सा
    ४

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ५

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

    नेपाल नक्सा
    ६

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution