
काठमाडौँ । नेपालमा चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भइरहेको छ। अन्य प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ।
भारतमा शक्तिशाली बनेको चक्रवात नेपाल आइपुग्दा कमजोर भएकाले यहाँ ठूलो असर नपरेको महाशाखाले जनाएको छ। यसको प्रभावले सामान्य वर्षा, हिमपात र हावाहुरी भएको छ।
आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा बादल लाग्ने, वर्षा हुने र हिमपात हुने सम्भावना छ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। केही स्थानमा भारी वर्षा र हिमपातको समेत सम्भावना छ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काभ्रेको रोशीमा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा मापन भएको छ। शनिबार अपराह्नपछि भने मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे