
काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याएको यो प्याकेज ५९९ रुपैयाँमा उपलब्ध हुनेछ।
प्याकेजअन्तर्गत प्रयोगकर्ताले ३३३ मिनेट अल–नेट भ्वाइस कल सुविधा र दैनिक ८ जीबी डाटा प्राप्त गर्नेछन्। यस प्याकेजको अवधि ३० दिनको रहने नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमका अनुसार मंगलबारदेखि आगामी मंसिर ५ गतेसम्म उक्त प्याकेज खरिद गर्न सकिनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्याकेजबापतको शुल्क मासिक भाडामै समावेश हुने गरी सुविधा प्राप्त गर्नेछन्।
‘एनपीएल अनलिमिटेड प्याकेज’ खरिद गर्न मोबाइलबाट *1415*9# डायल गर्न सकिनेछ। त्यसैगरी नेपाल टेलिकमको मोबाइल एपमार्फत पनि प्याकेज लिन सकिने कम्पनीका सहप्रवक्ता प्रक्षेत थापा क्षेत्रीले जानकारी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे