
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो १२:३० बजे त्रिवि क्रिकेट मैदानमा भिड्नेछन्। विराटनगरको कप्तानी सन्दीप लामिछाने र चितवनको नेतृत्व कुशल मल्लले गरिरहेका छन्।
दोस्रो खेलमा साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। जनकपुरको कप्तानी ललित राजवंशीले गर्दैछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले सम्हाल्नेछन्।
दुवै टोलीलाई विदेशी खेलाडीको उपलब्धताले समस्या पारेको छ। कर्णालीका साहिबजादा फरहान पाकिस्तान फर्किएका छन् भने हुसैन तलात र डेविड मिलरको सहभागिता अनिश्चित छ। जनकपुरका इफ्तिखर अहमदले पनि खेल्न पाउने टुंगो लागेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे