
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन्।
पाकिस्तानले श्रीलंकाविरुद्ध अक्टोबर ३१ सम्म खेल्ने एकदिवसीय शृङ्खलाका लागि फरहानलाई टोलीमा बोलाएको हो। खेल सकिएपछि उनी पुनः एनपीएल खेल्न नेपाल आउने सम्भावना छ। तर उनको पुनरागमन निश्चित भइसकेको छैन।
कर्णाली याक्सका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले खेलाडीलाई नेपालमा खेल्न अनुमति दिने पत्र (एनओसी) का लागि थप २५ हजार अमेरिकी डलर मागेको छ। यसले खेलाडीको सहभागितामा अन्योल सिर्जना गरेको छ।
कर्णाली याक्सले पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि अनुबन्ध गरेको छ। तर उनी एनपीएल खेल्न आउने वा नआउनेबारे टुंगो लागेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे