
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।
उनले नेपाली क्रिकेटले आजको स्थानसम्म आइपुग्न धेरै वर्षको मेहनत, संघर्ष र समर्पण गरेको बताएका छन्।
सीमित स्रोतसाधन र विभिन्न कठिनाइका बाबजुद नेपाली क्रिकेटलाई अघि बढाउन खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीले महत्वपूर्ण योगदान दिएको उनले उल्लेख गरेका छन्।
थापाले नेपाली क्रिकेटको विकासमा योगदान गर्ने सबैलाई सम्झँदै आगामी दिनमा नेपाली क्रिकेटले अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। उनले प्रतियोगितामा सहभागी सबै टोली र खेलाडीको सफलताको कामना गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे