
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। यसपटक प्रतियोगिताको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अघिल्लो संस्करणको तुलनामा विजेताको पुरस्कार रकम ४० लाख रुपैयाँले बढाइएको हो।
प्रतियोगितामा दोस्रो हुने टोलीले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। गत संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पाएको थियो।
पहिला दुई संस्करण सफल भएपछि यसपटक प्रतियोगिता अझ राम्रो बनाउने चुनौती क्यानलाई छ। तेस्रो संस्करणमा पनि आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पुरस्कार रकम बढेसँगै खेलाडी र टोलीबीच प्रतिस्पर्धा थप रोचक हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे