
काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यले आज शपथ लिने कार्यक्रम छ। कांग्रेसले अदालतमा मुद्दा चलिरहेका चार जना नवनिर्वाचित केन्द्रीय सदस्यलाई तत्काल शपथ नगराउने भएको छ। शपथ रोकिएका सदस्यमा सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादव रहेका छन्।
पार्टीको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ।
सभापति गगनकुमार थापाले भने यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। आजको कार्यक्रममा उनले अन्य पदाधिकारी तथा सदस्यलाई शपथ गराउनेछन्। शपथपछि नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे