
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यले आज शपथ लिने भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ।
कार्यक्रममा महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई उपस्थित हुन बोलाइएको छ।
कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। आज हुने कार्यक्रममा सभापति थापाले केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यलाई शपथ गराउनेछन्।
शपथग्रहणसँगै पार्टीको नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ। महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टीको आगामी काम र संगठन सञ्चालनमा भूमिका निर्वाह गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे