
काठमाडौँ । नेपाल सरकारले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएका समस्या समाधान गर्न कूटनीतिक पहल थालेको छ। श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली सरकारलाई पत्र पठाउँदै नेपालमा संयुक्त बैठक गर्न प्रस्ताव गरेको छ।
बैठकमा श्रमिक छनोट र भर्ना प्रक्रियालाई पारदर्शी, सहज र श्रमिकमैत्री बनाउने विषयमा छलफल हुनेछ। साथै, सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणबारे पनि कुराकानी गर्ने नेपालको तयारी छ। दुवै देशबीच नयाँ सहमति नहुँदासम्म पुरानै प्रक्रिया जारी राख्न नेपालले प्रस्ताव गरेको छ।
यसैबीच, मलेसियाको श्रमिक भर्ना प्रणालीमा सीमित २५ वटा म्यानपावर कम्पनीको मात्र पहुँच रहेको विषयमा वैदेशिक रोजगार विभागले अनुसन्धान थालेको छ। विभागले कानुनअनुसार सबै म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे