
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले नेपालमा ठूलो वर्षा र हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझदेखि शनिबारसम्म मौसममा ठूलो परिवर्तन हुन सक्छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा यसको प्रभाव बढी पर्ने अनुमान गरिएको छ।
भारतको आन्ध्र प्रदेशमा चक्रवातका कारण ठूलो वर्षा र तीव्र हावाहुरी चलिरहेको छ। त्यहाँ धेरै रुख ढलेका छन् भने बिजुलीका पोलसमेत भाँचिएका छन्।
नेपालमा पनि चक्रवातको प्रभावका बादल फैलिन थालेका छन्। काठमाडौंसहित विभिन्न स्थानमा बादल देखिन थालेको छ र केही ठाउँमा वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे