
काठमाडौँ । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन आफ्नै जिल्ला जानुपर्ने बाध्यता हटेको छ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो।
नागरिकता आगलागी, पानी, च्यातिएर वा हराएर नष्ट भएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने भएमा यो सुविधा उपयोग गर्न सकिनेछ।
काठमाडौं उपत्यकामा भने प्रदेशअनुसार सेवा बाँडिएको छ। काठमाडौं कार्यालयले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकलाई सेवा दिनेछ। ललितपुर कार्यालयबाट कर्णाली र सुदूरपश्चिमका नागरिकले सेवा पाउनेछन्। भक्तपुर कार्यालयले कोशी र मधेस प्रदेशका नागरिकलाई सेवा दिनेछ।
प्रतिलिपि जारी गर्न निवेदकको जैविक विवरण सरकारी प्रणालीमा रहेको विवरणसँग मिल्नुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे