
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले अहिलेसम्म एनपिएलको फाइनलमा पुग्न सकेको छैन। यता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स लगातार दुईपटक फाइनलमा पुगे पनि उपाधि जित्न असफल भएको छ।
यस सिजनको प्रतियोगितामा आठ टोली सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार एनपिएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
यसैबीच, श्रीलंकाका क्रिकेटर सदीरा समरविक्रमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनको आगमनले टोलीको प्रदर्शनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे