
काठमाडौँ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘अरनब’ चक्रवातको प्रभावले नेपालमा कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ र हावाहुरी आउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिममा पनि केही स्थानमा वर्षा हुन सक्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको छ।
सम्भावित जोखिमबाट बच्न हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र नदी तथा खोलाको किनारमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ। मौसमसम्बन्धी सूचना नियमित हेर्न र जोखिम देखिए सुरक्षित स्थानमा जान पनि आग्रह गरिएको छ।
आपत्कालीन सहयोगका लागि मौसमसम्बन्धी जानकारी ११५५, विपद् सहायता १२३४ र प्रहरी १०० मा सम्पर्क गर्न सकिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे