
काठमाडौँ । अब खाना पकाउने एलपी ग्यास बिक्री गर्दा ग्राहकलाई अनिवार्य रूपमा भ्याट बिल दिनुपर्ने भएको छ। ग्यास अभाव र ढुवानीमा समस्या भएको भन्दै केही बिक्रेताले तोकिएको मूल्यभन्दा बढी पैसा लिएको गुनासो बढेपछि नेपाल आयल निगमले यस्तो निर्देशन दिएको हो।
निगमले सबै ग्यास उद्योगलाई आफ्ना डिलर तथा बिक्रेतामार्फत ग्यास बिक्री गर्दा ग्राहकलाई बिल उपलब्ध गराउन भनेको छ। निर्देशन पालना नगर्ने बिक्रेतामाथि कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
हाल ग्यासको आधिकारिक मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ छ। तर केही बिक्रेताले २ हजार ७ सयदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको उपभोक्ताको गुनासो छ।
बिल लिएपछि ग्राहकले तिरेको मूल्यको प्रमाण राख्न सक्छन्। यसले बढी मूल्य असुल्ने र उपभोक्ता ठगी गर्ने गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे