
काठमाडौँ । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे, भन्सार र सुरक्षा अधिकारीबीच छलफल भइरहेको छ। उद्घाटनको मिति भने अझै तय भएको छैन।
रेल सेवा सञ्चालन भएपछि जनकपुरधाम र अयोध्याबीच सीधा रेलमार्गबाट यात्रा गर्न सकिनेछ। यसले रामायणसँग जोडिएका धार्मिक स्थल पुग्न तीर्थयात्रीलाई सहज बनाउने अपेक्षा गरिएको छ।
साथै, नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध बलियो हुनुका साथै पर्यटन र स्थानीय व्यापार व्यवसाय बढ्ने विश्वास गरिएको छ। हाल जयनगरदेखि जनकपुरधाम हुँदै बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे