
काठमाडौं । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किएका छन् ।
सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएको थियो । सहमतिपछि आन्दोलन स्थगित गर्दै ऋणीहरूलाई आइतबार बिहान सरकारले घर फर्किने व्यवस्था मिलाएको हो ।
ऋणीहरूलाई घरसम्म पुर्याउन सरकारले साझा यातायातका बसको व्यवस्था गरेको थियो । विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको थियो ।
सरकारसँग भएको सहमतिपछि लामो समयदेखि धर्नामा रहेका ऋणीहरू घर फर्किएका हुन् । सहमति कार्यान्वयनका विषयमा आगामी दिनमा सरकारी पक्ष र ऋणी प्रतिनिधिबीच आवश्यक समन्वय हुने जनाइएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे