• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ८, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

१३ घण्टा अघि
२

दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

१३ घण्टा अघि
३

रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

१ दिन अघि
४

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

१ दिन अघि
५

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

४ दिन अघि
६

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

४ दिन अघि
७

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

१ हफ्ता अघि
८

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

१ हफ्ता अघि
९

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

१ हफ्ता अघि
१०

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

१ हफ्ता अघि
११

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

१ हफ्ता अघि
१२

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

१ हफ्ता अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ १२, आईतबार (४ साल अघि)

भ्रष्टाचार आरोपितलाई धमाधम सफाइ

  • 5,055 Views
  • गत साता विशेष अदालतले कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख एवं पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्बभन्दा बढी मागदाबी गरेको सो भ्रष्टाचार मुद्दामा आरोप पुष्टि हुन नसकेको भन्दै विशेषले सफाइ दियो। अख्तियारले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिँदै आएको छ। गत वर्षको तथ्यांक हेर्दा अख्तियारले दर्ता गरेकामध्ये ३० प्रतिशत मुद्दामा विशेष अदालतले सफाइ दिने गरेको छ।

    विशेष अदालतले भ्रष्टाचार मुद्दामा आरोपपत्र दर्ता भएका मुद्दामध्ये गत साता मात्रै ५३ जनालाई सफाइ दिएको छ। आइतबार २१ जना, मंगलबार ७ जना, बिहीबार १४ जना र शुक्रबार ११ जनालाई सफाइ दिएको हो। सफाइ पाउनेमा घुससहित पक्राउ परेका आरोपित र गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकाहरू छन्।

    विशेष अदालतले यथेष्ट प्रमाण नपुगी हचुवाका भरमा आरोप लगाएको भन्दै कैयौं मुद्दामा सफाइ दिएको छ। विशेषले सफाइ दिए पनि अख्तियार भने सर्वोच्च अदालतमा पुनरावेदनमा जाने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा ५८ वटा विशेषका फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको थियो। अख्तियारले २०७७/७८ मा दर्ता गरेका मुद्दाहरूमा १ अर्ब ८९ करोड ४७ लाख ३५ हजार बिगो मागदाबी गरेको थियो।

    अख्तियारले आरोपपत्रमा घुस, रिसवट लिनेदिने, सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी पुर्‍याउने, गैरकानुनी रूपमा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता गर्ने, सार्वजनिक खरिद तथा निर्माणका काम बदनियतपूर्ण गरी लाभ लिएर सरकारलाई हानि पुर्‍याए मुद्दा दर्ता गर्छ । त्यसैगरी झुटा विवरण पेस गरी सरकारी सेवामा नियुक्ति लिने, बढुवाको लाभ लिने, गलत लिखत प्रतिवेदन बनाउने, कागजात सच्याउने, परीक्षाको गोपनीयता भंग गर्ने, परिणाम फेरबदल गर्ने, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावट, हिनामिना गर्नेजस्ता भ्रष्टाचारका प्रवृत्तिलाई आधार मानेर अख्तियारले मुद्दा दर्ता गर्ने गरेको छ।

    पाँच वर्षको तथ्यांक हेर्दा अख्तियारले दर्ता गरेका मुद्दामध्ये २०७३/७४ मा ७३ प्रतिशत, २०७४/७५ मा ६७ प्रतिशत, २०७५/७६ मा ८८ प्रतिशत, २०७६/७७ मा ८४ प्रतिशत र २०७७/७८ मा ७१ प्रतिशत मुद्दामा मात्रै कसुर कायम भएको छ। बाँकी प्रतिशतले सफाइ पाएका थिए। फैसलामा चित्त नबुझे अख्तियारले पुनरावेदन गर्दै आएको छ। अख्तियारको मागदाबीअनुसार हरेक वर्ष ५० प्रतिशत बढी मुद्दामा मात्रै कसुर कायम भएका छन्। २०६६/६७ मा सबैभन्दा कम ५२ प्रतिशत कसुर कायम भएको थियो भने सबैभन्दा बढी २०६१/६२ मा ९१ प्रतिशत कसुर कायम भएको थियो। अख्तियारले औसतमा प्रतिवर्ष ९६ वटा आरोपपत्र अदालतमा दर्ता गर्दै आएको छ। तीमध्ये सबैभन्दा बढी शैक्षिक योग्यता नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र छन्।

    गत साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको भन्दै डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। काठ व्यापारीहरूसँग २ लाख ३ हजार ५ सय रुपैयाँ घुस लिएर सरकारी गाडीमा काठमाडौं आउँदै गर्दा उनी पक्राउ परेकी थिइन्। अख्तियारले काठ व्यावसायीहरूसँग विभिन्न बहानामा रकमको बार्गेनिङ गरी घुस लिएको ठहर गर्दै मुद्दा दर्ता गरेको थियो। व्यवसायीहरूलाई प्रभावमा पारेर घुस लिएको पुष्टि भएकाले उनलाई सोहीबमोजिमको बिगो र हदैसम्मको सजाय माग गर्दै मुद्दा २०७७ जेठ ११ मा मुद्दा दर्ता गरिएको थियो। विशेष अदालतले डेढ वर्षपछि सफाइ दिएको छ।

    इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त केसीले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिएबापत सेवाग्राहीसँग घुस लिएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले केसीलाई ७ हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको भन्दै २०७६ मंसिर २२ मा पक्राउ गरेको थियो। त्यसपछि पुस २२ मा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। उनलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको थियो तर विशेषले बिहीबार सफाइ दिएको हो।

    जिल्ला अदालत कपिलवस्तुका दोभासे विश्वनाथ कुर्मी (चौधरी) विरुद्ध घुस लिएको भन्दै मुद्दा दर्ता गरेको थियो। अदालतमा दोभासेका रूपमा सूचीकृत कुर्मीले ठगी मुद्दामा अदालतबाट हुने थुनछेक आदेशका क्रममा धरौटीमा छाडिदिने बहानामा सेवाग्राहीसँगबाट २ लाख रुपैयाँ घुस लिएको भन्दै आरोपपत्र दायर गरिएको थियो। उनीविरुद्ध २ लाख बिगोसहित जरिवाना र कैद सजाय हुन माग दाबी लिई आरोपपत्र दर्ता गरिएको थियो। सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको अख्तियारको ठहरसहित २०७७ असार १९ मा मुद्दा दर्ता गरेको थियो। सो मुद्दामा बिहीबार विशेषले सफाइ दिएको हो।

    भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायव सुब्बा कृष्णबल्लभ ठाकुरले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको भन्दै २०७७ साउन १५ मा मुद्दा दर्ता गरिएको थियो। जग्गाको स्रेस्ता कायम गरिदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिएको आरोपमा ठाकुरलाई पक्राउ गरिएको थियो। यस मुद्दामा विशेषले सफाइ दिएको छ।

    इलाका प्रहरी कार्यालय खजुरा खुई बाँकेमा कार्यरत हवल्दार घुस रकमसहित राजेशबहादुर द्वाल पक्राउ परेका थिए। अख्तियारले द्वाललाई १३ हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको भन्दै पक्राउ गरेको थियो। जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इँटाभट्टामा लैजान सहजीकरण गरिदिने भन्दै द्वालले सेवाग्राहीसँग घुस रकम मागेको भन्दै अख्तियारले २०७७ मंसिर १५ मा पक्राउ गरेको थियो। विशेष अदालतले बिहीबार उनलाई सफाइ दिएको छ।यो समाचार आजको नागरिकमा छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै
    १३ घण्टा अघि

  • २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम
    १३ घण्टा अघि

  • ३

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने
    १ दिन अघि

  • ४

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति
    १ दिन अघि

  • ५

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    ४ दिन अघि

  • ६

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना
    ४ दिन अघि

  • ७

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    १ हफ्ता अघि

  • ८

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    १ हफ्ता अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    १ हफ्ता अघि

  • १०

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    १ हफ्ता अघि

  • साताको प्रचलित खबर
    १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

    नेपाल नक्सा
    २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ३

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ४

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

    नेपाल नक्सा
    ५

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

    नेपाल नक्सा
    ६

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution