• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

१७ घण्टा अघि
२

भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा

१७ घण्टा अघि
३

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

१७ घण्टा अघि
४

लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव

१९ घण्टा अघि
५

परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी

१९ घण्टा अघि
६

कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्

१९ घण्टा अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने

१९ घण्टा अघि
८

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता

२१ घण्टा अघि
९

बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

२१ घण्टा अघि
१०

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

२२ घण्टा अघि
११

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

२२ घण्टा अघि
१२

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
राससप्रकाशित मिति: २०७९ श्रावण ३, मंगलबार (४ साल अघि)

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढ्यो

  • 3,857 Views
  • काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल अघि बढाउने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।

    निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको अन्तिम फैसलापछि निर्माण प्रक्रिया अघि बढाउन विज्ञ समिति गठन गरेर थप अध्ययन गरी उपयुक्त स्थानमा विमानस्थल बनाउने गरी अघि बढिने मन्त्रालयले जनाएको छ । उक्त विमानस्थल निर्माण अघि बढाउनका लागि प्राधिकरणको बोर्ड बैठकले विज्ञ समिति गठन गर्ने निर्णय गरेको छ । पर्यटन मन्त्रालयले केही दिनभित्रै मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लगेर विभिन्न विज्ञहरुको समितिलाई पूर्णता दिइने र सो समितिको प्रतिवेदनका आधारमा विमानस्थल निर्माण अघि बढाइने मन्त्रालयले जनाएको छ ।

    सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै विज्ञहरुबाट थप अध्ययन गरी कमभन्दा कम वातावरणीय क्षति हुने गरी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको र नेपालको पर्यटन क्षेत्रको विकासका लागि अपरिहार्य आयोजना हो । यो देशको अर्थतन्त्रमा ‘गेमचेन्जर’ परियोजना भएकाले मन्त्रालयले उच्च प्राथमिकता दिएर सर्वोच्चको फैसलाअनुरूप निर्माण प्रक्रिया अघि बढाएका हौँ । फैसलाको विज्ञहरुबाट थप अध्ययन गराई आवश्यक निर्णय लिन्छौँ।”

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत निजगढ विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणमा रु एक खर्ब २० अर्ब लाग्ने अनुमान गरिएको छ । प्राधिकरणले यो परियोजनाको विस्तृत डिजाइन कार्य गरिरहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्माण मोडालिटीसम्बन्धी सिफारिस समितिले आवश्यक काम गरिरहेको छ । हालसम्म निजगढ विमानस्थलको नाममा आठ हजार ५० हेक्टर जग्गा अधिग्रहण गरिनुका साथै परियोजनाका लागि प्राधिकरणले रु तीन अर्ब खर्च गरिसकेको छ । परियोजनासँग जोडिएको द्रूत मार्गमा सरकारले रु दुई खर्ब लगानी गरिसकेको छ ।समितिका सभापति पवित्रा निरौला ९खरेल० ले नेपालको विकास र आर्थिक समृद्धिका लागि महत्वपूर्ण आयोजना निजगढ विमानस्थल निर्माण प्रक्रिया शीघ्ररूपमा अघि बढाइनुपर्ने बताउनुभयो । उहाँले विगत २७ वर्षदेखि चर्चामा रहेको र धेरै विज्ञहरुले उपयुक्त ठह¥याएको निजगढ विमानस्थल निर्माणका लागि सर्वोच्चको पूर्ण फैसलालाई आत्मसाथ गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसँग छलफल गरी समितिले आवश्यक निर्णय लिने जानकारी दिनुभयो ।

    हालै प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरुले निजगढ विमानस्थलको स्थलगत अवलोकन गरी विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन र दुई लेनको धावनमार्गसहितको अत्याधुनिक विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो।

    निजगढ विमानस्थलको कार्य प्रगति र आगामी योजनाबारे सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज पर्यटनमन्त्री र प्राधिकरणका महानिर्देशकसँग निजगढ विमानस्थलको अवस्था र अबको कार्यदिशाबारे जानकारी लिएको हो । बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माणका लागि सर्वोच्च अदालतले बाटो खोलिदिएको भन्दै मन्त्रालय र मातहत निकायले अलमल नगरिकन निर्माण प्रक्रिया अघि बढाइनुपर्ने धारणा राख्नुभयो । उहाँले हालै प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीलगायत नेताहरुले निजगढ विमानस्थलको अवलोकन गरी स्थानीय सरकार र सरोकारवालासँग छलफल गरेको तथा प्रधानमन्त्रीले दुई लेनसहितको विमानस्थल बनाउन निर्देशन दिइसकेकाले आयोजना अघि बढाउन बिलम्ब गर्न नहुने उल्लेख गर्नुभयो ।

    प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सर्वोच्च अदालतको अन्तिम फैसलाले निजगढ विमानस्थल निर्माणको हालसम्मको प्रक्रिया बदर गरेको र विज्ञ समिति गठन गरेर थप अध्ययन गरी उपयुक्त स्थानमा विमानस्थल बनाउन सन्देश दिएको जानकारी दिनुभयो । उहाँका अनुसार अदालतको आदेशअनुरूप प्राधिकरण बोर्ड बैठकले विज्ञ समिति गठन गर्ने निर्णय गरिसकेको छ । उक्त समितिमा रहने विज्ञहरुको नाम केही दिनभित्रै मन्त्रिपरिषद्मा पेश गरी समितिलाई पूर्णता दिइनेछ । उक्त समितिको अध्ययन प्रतिवेदनका आधारमा विमानस्थलको आगामी रणनीति तयार गरिने महानिर्देशक अधिकारीको भनाइ छ ।

    सो अवसरमा समितिका सभापति निरौलाले समितिले यसअघि गरेका निर्यण कार्यान्वयनका लागि पर्यटनमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले निजगढ विमानस्थल सम्बन्धमा समिति गठनभएपश्चात पाँच पर्यटन मन्त्रीले नेतृत्व गरेर विमानस्थल बनाउने प्रतिबद्धता जनाएको तथा समितिले दुई वटा उपसमिति बनाएर स्थलगत अवलोकन गरेर प्रतिवेदन मन्त्रालयलाई बुझाएको जानकारी गराउनुभयो ।

    सांसदहरु भीमबहादुर रावल, सुरेन्द्रकुमार कार्की, देवप्रकाश तिमल्सिना, चाँदताराकुमारी, पुष्पाकुमारी कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मोहन बानियाँ र रेनुका गुरुङले सबै हिसाबले उपयुक्त निजगढमा अत्याधुनिक सुविधायुक्त विमानस्थल निर्माण प्रक्रिया चाँडो अघि बढाइनुपर्नेमा जोड दिनुभयो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो
    १७ घण्टा अघि

  • २

    भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा
    १७ घण्टा अघि

  • ३

    रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक
    १७ घण्टा अघि

  • ४

    लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव
    १९ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी
    १९ घण्टा अघि

  • ६

    कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्
    १९ घण्टा अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने
    १९ घण्टा अघि

  • ८

    भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता
    २१ घण्टा अघि

  • ९

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला
    २१ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution