• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

१२ घण्टा अघि
२

भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा

१२ घण्टा अघि
३

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

१२ घण्टा अघि
४

लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव

१४ घण्टा अघि
५

परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी

१४ घण्टा अघि
६

कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्

१५ घण्टा अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने

१५ घण्टा अघि
८

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता

१६ घण्टा अघि
९

बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

१७ घण्टा अघि
१०

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

१७ घण्टा अघि
११

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

१७ घण्टा अघि
१२

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
राससप्रकाशित मिति: २०७९ आश्विन २२, शनिबार (३ साल अघि)

उम्मेदवारले मनोनयन पत्रसाथ संलग्न गर्नुपर्ने कागजात

  • 5,264 Views
  • काठमाडौं, असोज २२। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम हुँदैछ । निर्वाचनका लागि  असोज २० गतेसम्ममा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

    उक्त निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ र निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मनोनयन पत्रसाथ विभिन्न कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    निर्वाचन आयोगका अनुसार, मनोनयनपत्रका साथ उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, प्रतिनिधिसभाको सदस्य उम्मेदवारको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य उम्मेदवारको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।

    उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सासमेत संलग्न हुनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा हस्ताक्षर भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फारम  पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

    प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम र प्रदेशसभा सदस्यको लागि प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम अन्तिम मतदाता  नामावलीमा नाम समावेश भएको एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरेर विवरण भरी सहीछाप गरेको मनोनयनपत्र  पेस गर्नुपर्नेछ ।

    दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य  निर्वाचन निर्देशिका, २०७९ को अनुसूची –७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र हुनुपर्नेछ । तर एकल चुनाव चिह्न लिई संयुक्तरुपमा निर्वाचनमा सहभागी दलको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पेस गर्नुपर्ने प्रावधान छ ।

    प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि १० हजार र प्रदेशसभा सदस्य उम्मेदवार हुनका लागि पाँच हजार रुपियाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर, तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

    आर्थिकरूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र संलग्न हुनुपर्नेछ । आयोगका अनुसार, उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ सँग सम्बन्धित अनुसूची –६ बमोजिमको स्वघोषणापत्र पेस गर्न पर्नेछ ।

    उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ सँग सम्बन्धित अनुसूची –९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, शेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेखगरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण हुनुपर्नेछ ।

    आयोगका अनुसार, उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १० सँग सम्बन्धित अनुसूची –१० बमोजिम आफू प्रचलित नियम कानुनअनुसार उम्मेदवार हुन योग्य भनी भरिएको वैयक्तिक विवरण फारमसमेत संलग्न हुनुपर्नेछ ।

    आयोगले उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि  प्रकारको पेस्की लिएको भए सो पेस्की फर्छ्यौट भएको बेहोराको निस्सासमेत समावेश गर्न भनेको छ । लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसाथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फर्छ्योट गरेको निस्सा पनि पेस गर्नुपर्नेछ । निर्वाचन आचारसंहिता, २०७९ को अनुसूची–३ बमोजिमको प्रतिबद्धतापत्र समेत संलग्न गर्नुपर्ने आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो
    १२ घण्टा अघि

  • २

    भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा
    १२ घण्टा अघि

  • ३

    रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक
    १२ घण्टा अघि

  • ४

    लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव
    १४ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी
    १४ घण्टा अघि

  • ६

    कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्
    १५ घण्टा अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने
    १५ घण्टा अघि

  • ८

    भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता
    १६ घण्टा अघि

  • ९

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला
    १७ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    नेपालमा बनेको प्राकृतिक बाँधसहितको ताल फुट्ने जोखिम उच्च, चीनद्वारा निगरानी तीव्र

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution