• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

१२ घण्टा अघि
२

भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा

१२ घण्टा अघि
३

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

१२ घण्टा अघि
४

लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव

१४ घण्टा अघि
५

परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी

१४ घण्टा अघि
६

कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्

१५ घण्टा अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने

१५ घण्टा अघि
८

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता

१६ घण्टा अघि
९

बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

१७ घण्टा अघि
१०

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

१७ घण्टा अघि
११

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

१७ घण्टा अघि
१२

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
राससप्रकाशित मिति: २०७९ बैशाख २२, बिहिबार (४ साल अघि)

घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार

Vote

  • 5,852 Views
  • म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन् ।

    जिल्लामा ६ स्थानीय तह र ४५ वडामा २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा नेकपा माओवादी केन्द्रबाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । वडाध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको छ । जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभए पनि केही स्थानीय तहमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

    एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । रघुगङ्गा गाउँपालिका–६ मा एमाले र राप्रपाबीच तालमेल भएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्र बेनी नगरपालिका, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा आंशिक तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल नभएपछि जिल्लाभर तीन पदबाहेक अन्यमा मनोनयन फिर्ता लिएका छन् ।

    तालमेल र एकल उम्मेदवारी दर्तापछि उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नजिकको सरकारका प्रतिनिधि चुन्ने अवसर भएकाले पनि जनतामा स्थानीय तह निर्वाचनको रौनकले छोएको छ । एकपछि अर्को दलका उम्मेदवार गाउँ, टोल बस्ती हुँदै घरघरमा पुग्न थालेपछि निर्वाचन उत्सवजस्तै बनेको छ । अधिकांश उम्मेदवारले जनताको जनजीविकामा परिवर्तन ल्याउने ठोस खाका जनतासामु पेश गर्न सकेका छैनन् ।

    रघुगङ्गा गाउँपालिका–६ पाखापानीका गौबहादुर विश्वकर्मा नेताहरुले निर्वाचनको समयमा आश्वासन र सपना मात्रै देखाउने र निर्वाचन जितेपछि पुरा नगर्ने गरेको दुःखेसो पोखे। “हिजो पनि यो गर्छौं, यो सुविधा दिन्छौं भनेर मत मागे, जितेर गएपछि खै हाम्रो लागि काम गरेको ?”, उनले प्रश्न गरेका थिए । सडक र भवन बनाउनेबाहेक जनताको दैनिकीमा आएका समस्यामा स्थानीय सरकारले काम नगरेको उनले बताए ।

    उम्मेदवार यस पटक पनि विभिन्न मुद्दासहित चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुसँग ठोस खाका भने छैन । अघिल्लो निर्वाचनमा विजयी जनप्रतिनिधिलाई यसपटक चुनावी मैदानमा उत्रिरहँदा अघिल्लो कार्यकालमा किन जनताको अवस्था सुधार गर्न सकिएन भन्ने प्रश्नको जवाफ दिन सकस भएको छ ।

    अघिल्लो पाँच वर्ष प्रायः सबै जनप्रतिनिधिले डोजर घुमाएर सक्ने योजनालाई प्राथमिकतामा राखेको कारण यस पटक उनीहरुले अघि सारेका एजेण्डामा नागरिकले आशङ्का व्यक्त गर्ने अवस्था सिर्जना भएको मालिका गाउँपालिका–५ का गेमबहादुर पुनले बताए।

    चुनावी घोषणापत्रमा रोजगार दिने, शिक्षा, स्वास्थ्य र जनजीविकालाई सम्बोधन गर्ने बताए पनि चुनाव जितेपछि आफ्ना कार्यकर्तालाई मात्रै केन्द्रमा राखेर बजेट परिचालन गर्ने परिपाटीले दलका घोषणापत्रमाथि विश्वास गरिहाल्ने अवस्था नरहेको उहाँको भनाइ छ । अधिकांश उम्मेदवारले सडक कालोपत्रसहित स्तरोन्नति गर्ने, शैक्षिक गुणस्तर सुधार गर्ने, रोजगार सिर्जना गर्नेलगायत कुरा घोषणा गरेका छन् । उनीहरुले ठोस खाकासहित मत माग्न भने सकिरहेका छैनन् ।

    अधिकांशको घोषणापत्र जनताको जनजीविकामा सुधार ल्याउन सम्भव हुनेभन्दा पनि मन जितेर मत माग्नतर्फ केन्द्रित छ । म्याग्दीमा ६ स्थानीय तहमध्ये चार गाउँपालिकाका अध्यक्षमा पुरानै व्यक्ति उम्मेदवार बनेका छन भने १७ वडाध्यक्ष पुनः सोही पदमा दोहरिएका छन् ।

    सबैभन्दा बढी चर्चामा बेनी नगरपालिका छ । यहाँ एक्लाएक्लै मनोनयन दर्ता गरेका दलहरु मनोनयन फिर्ताको समयमा पुग्दा कांग्रेस र माओवादी केन्द्र तालमेलको अवस्थामा पुगेका छन भने अन्य दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् । मनोनयन दर्तासम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका काँग्रेस र माओवादीबीच उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनावी तालमेल गर्ने सहमति जुटेको हो ।

    पाँच दलित गठबन्धनमा सहमति नभए पनि अन्तिम चरणमा कांग्रेस र माओवादीबीच मेयर उपमेयरमा चुनावी तालमेलको सहमति भएको थियो । कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा कांग्रेसका चिरञ्जीवी शर्मा र उपमेयरमा माओवादीका ज्योति लामिछाने पौडेल उम्मेदवार बन्नुभएको छ ।

    बेनी नगरपालिकामा कांग्रेस र माओवादीले वडा नम्बर २, ६, ७, ८ र ९ मा तालमेल गरेका छन् । प्रतिस्पर्धामा एमालेबाट सुरत केसी र पशुपति शाही हुनुहुन्छ । यहाँ अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा कांग्रेस र एमाले–राप्रपा तालमेलबाट उपमेयरमा राप्रपाका उम्मेदवार विजयी भएका थिए ।

    रघुगङ्गा गाउँपालिकामा यसअघि गाउँपालिका अध्यक्ष बन्नुभएका भवबहादुर भण्डारी कांग्रेसबाट पुनः अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका प्रेमबहादुर कार्की देखिएका छिन् । यद्यपि माओवादीबाट जिल्लामै एकमात्रै दलित महिला उम्मेदवार रहेकी मीना विश्वकर्मा र स्वतन्त्र उम्मेदवार सागर भण्डारी पनि काँग्रेस र एमालेको लागि चुनौतीको रुपमा देखिएका छन् ।

    रघुगङ्गामा उपाध्यक्ष पदमा समेत रोचक प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्रबाट रिम कटुवाल, एमालेबाट यामुकमारी गर्बुजा र काँग्रेसबाट प्रेमकुमारी पुन उपाध्यक्षका प्रमुख प्रत्यासीको रुपमा देखिएकी छिन् । अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा बलबहादुर तिलिजा, उपाध्यक्षमा ललिता तिलिजा र एमालेबाट अध्यक्षमा भरतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुनलाई उम्मेदवार बनाएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले विजयी हाँसिल गरेको थियो ।

    मङ्गला गाउँपालिकामा एमाले, माओवादी र कांग्रेसको त्रिपक्षीय प्रतिपस्र्धा हुनेछ । यसअघि गाउँपालिका अध्यक्ष भइसकेका सतप्रसाद रोका पुनः एमालेबाट अध्यक्षमा उम्मेदवार बनेका छन् । माओवादीबाट टेकबहादुर विश्वकर्मा र काँग्रेसबाट वीरेन्द्र बुढाथोकी उम्मेदवार छन् । यहाँ काँग्रेसका शर्मिला थापा, एमालेका प्रेमकुमारी खत्री र माओवादीबाट सुकमाया रोकामगर उपाध्यक्षको उम्मेदवार बनेकी छिन्।

    मालिका गाउँपालिकामा यसअघि अध्यक्ष रहेका श्रीप्रसाद रोका काँग्रेसबाट पुनः प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली र एमालेबाट यसअघि पराजित बेगप्रसाद गर्बुजा प्रतिस्पर्धी छन् । उपाध्यक्षमा माओवादी केन्द्रबाट गौरी सेञ्चुरी, एमालेबाट लक्ष्मीदेवी घर्तीमगर र काँग्रेसबाट पिपला बुढा उम्मेदवार बनेकी छिन् । यहाँ वडा तहसम्मै काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । एमालेबाट निर्वाचित थमसरा पुन पुनः अध्यक्षमा उठेकी छिन् । उपाध्यक्षमा प्रगति कार्की उम्मेदवार बन्नुभएकोे छ । गठबन्धनबाट प्रेमप्रसाद पुन र रेशम पुनमगर उम्मेदवार बनेका छन्

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो
    १२ घण्टा अघि

  • २

    भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा
    १२ घण्टा अघि

  • ३

    रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक
    १२ घण्टा अघि

  • ४

    लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव
    १४ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी
    १४ घण्टा अघि

  • ६

    कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्
    १५ घण्टा अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने
    १५ घण्टा अघि

  • ८

    भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता
    १६ घण्टा अघि

  • ९

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला
    १७ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    नेपालमा बनेको प्राकृतिक बाँधसहितको ताल फुट्ने जोखिम उच्च, चीनद्वारा निगरानी तीव्र

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution