
काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा फसेका एक जना चिनियाँ नागरिकको ११ दिनपछि सकुशल उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाबाट आएको विपद् उद्धार विज्ञ टोलीले संयुक्त रूपमा टनेलभित्र फसेका ती चिनियाँ नागरिकलाई केहीबेरअघि बाहिर निकालेको हो।
उद्धार गरिएका व्यक्तिलाई थप उपचार र स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा लगिँदै छ।
बाढी आएको ११ दिनपछि टनेलभित्र फसेका व्यक्तिको सफल उद्धार भएपछि उद्धार टोलीले महत्वपूर्ण सफलता हासिल गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे