
काठमाडौं । वैदेशिक शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील डब्लुआरसी नेपाल (वाइड रेन्ज कन्सल्टेन्सी) फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टले सन् २०२६ का लागि सार्वजनिक गरेको ‘सबैभन्दा विश्वसनीय वैदेशिक शैक्षिक परामर्शदाता’ सूचीमा समावेश भएको छ।
अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा विद्यार्थीलाई सही शैक्षिक संस्था, अध्ययनको विषय, देश तथा भर्ना प्रक्रियाबारे परामर्श उपलब्ध गराउने संस्थाहरूको सूचीमा डब्लुआरसी नेपाललाई पनि समावेश गरिएको हो। सूचीमा डब्लुआरसी नेपालसँगै ग्रेस एजुकेसन एण्ड माइग्रेसन, सिपिएस ग्लोबल, आइडीपी एजुकेसन र फतेह एजुकेसनलगायतका संस्थाहरू पनि रहेका छन्।
फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको विशेष सामग्रीमा अन्तर्राष्ट्रिय शैक्षिक परामर्शका क्रममा पारदर्शिता, विद्यार्थीकेन्द्रित सेवा, व्यावसायिक आचरण तथा विश्वविद्यालयहरूसँगको सहकार्यलाई महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ। वैदेशिक अध्ययनका लागि विभिन्न देशका फरक–फरक शैक्षिक प्रणाली, भर्ना मापदण्ड, भिसा प्रक्रिया तथा कानुनी व्यवस्थाका कारण विद्यार्थीलाई सही सूचना र मार्गदर्शन आवश्यक पर्ने उल्लेख गरिएको छ।
विशेषगरी चिकित्सा शिक्षाका क्षेत्रमा डब्लुआरसी नेपालको भूमिकालाई सामग्रीमा उल्लेख गरिएको छ। मेडिकल शिक्षाका लागि विश्वविद्यालयको मान्यता, शिक्षण अस्पतालको अवस्था, शुल्क संरचना, प्राध्यापक तथा प्रयोगशालाको सुविधा र सम्बन्धित मुलुकको नियामक निकायको स्वीकृतिजस्ता विषयमा विद्यार्थीलाई पर्याप्त जानकारी आवश्यक हुने भएकाले परामर्श सेवाको भूमिका महत्त्वपूर्ण हुने जनाइएको छ।
डब्लुआरसी नेपालका संस्थापक तथा अध्यक्ष सुदीपकुमार नायकको नेतृत्वमा संस्था करिब दुई दशकदेखि अन्तर्राष्ट्रिय शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील रहेको बताइएको छ। संस्थाका अनुसार यस अवधिमा नेपालसहित भारत, श्रीलङ्का, बाङ्गलादेश, भुटान तथा मध्य एसियाली र अफ्रिकी मुलुकका विद्यार्थीलाई समेत शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।
संस्थाले चिकित्सा शिक्षासहित नर्सिङ, जनस्वास्थ्य, इन्जिनियरिङ, व्यवस्थापन तथा प्रविधिलगायत विभिन्न विषयमा अध्ययनका लागि विद्यार्थीलाई परामर्श दिँदै आएको जनाएको छ। विद्यार्थीको शैक्षिक योग्यता, रुचि, आर्थिक अवस्था र दीर्घकालीन करियर लक्ष्यका आधारमा देश, विषय तथा विश्वविद्यालय छनोटमा सहयोग गर्ने संस्थाको दाबी छ।
डब्लुआरसी नेपालका अनुसार विश्वविद्यालय तथा पाठ्यक्रम छनोटदेखि आवेदन प्रक्रिया, आवश्यक कागजातको तयारी तथा प्रमाणीकरण, भिसा प्रक्रियाका लागि मार्गदर्शन, छात्रवृत्तिसम्बन्धी जानकारी र पूर्वप्रस्थान अभिमुखीकरणसम्मका सेवा उपलब्ध गराउँदै आएको छ। विदेश पुगेपछि पनि विद्यार्थीलाई आवश्यक समन्वय तथा सहयोग गर्ने व्यवस्था रहेको संस्थाले जनाएको छ।
संस्थाले रुस, कजाकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, जर्जिया, इजिप्ट, बाङ्गलादेश, भारत, चीन, मलेसिया र फिलिपिन्सलगायतका मुलुकका शैक्षिक संस्थाहरूसँग सहकार्य रहेको जनाएको छ। यस्तै, युरोप, बेलायत, अस्ट्रेलिया र अमेरिकाका विभिन्न विश्वविद्यालयसँग पनि शैक्षिक सहकार्य तथा सम्पर्क रहेको संस्थाको भनाइ छ।
फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको सूचीमा परेपछि प्रतिक्रिया दिँदै संस्थापक तथा अध्यक्ष नायकले उक्त मान्यता आफ्नो संस्थाको मात्र नभई विद्यार्थी, अभिभावक र सम्पूर्ण टोलीको निरन्तर प्रयासको परिणाम भएको बताएका छन्। उनका अनुसार शैक्षिक परामर्शको मुख्य उद्देश्य विद्यार्थीलाई विश्वविद्यालयमा भर्ना गराउनुमा मात्र सीमित नभई उनीहरूको सुरक्षित र दीर्घकालीन शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणमा सहयोग गर्नु हो।
अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै परिवर्तन भइरहेको छ। अनलाइन परामर्श, विद्युतीय कागजात प्रक्रिया तथा विद्यार्थीको शैक्षिक प्रोफाइलअनुसार विश्वविद्यालय छनोटमा प्रविधिको प्रयोग बढ्दै गएको छ। यस्तो अवस्थामा शैक्षिक परामर्श संस्थाहरूले पारदर्शिता, विद्यार्थी हित र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।
फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ को सूचीमा डब्लुआरसी नेपालसहित विभिन्न शैक्षिक परामर्श संस्थाहरूको समावेशले दक्षिण एसियामा वैदेशिक शिक्षा परामर्श सेवाको बढ्दो प्रतिस्पर्धा र व्यावसायिक रूपान्तरणलाई समेत प्रतिबिम्बित गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे