• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ९, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

२१ घण्टा अघि
२

दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

२२ घण्टा अघि
३

रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

१ दिन अघि
४

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

२ दिन अघि
५

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

४ दिन अघि
६

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

४ दिन अघि
७

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

१ हफ्ता अघि
८

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

१ हफ्ता अघि
९

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

१ हफ्ता अघि
१०

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

१ हफ्ता अघि
११

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

१ हफ्ता अघि
१२

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

१ हफ्ता अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार (३ महिना अघि)

मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

  • 2,054 Views
  • काठमाडौं । मेटलाइफ फाउन्डेसनले बर्दिया जिल्लाको राजापुर नगरपालिकामा बाढी प्रभावित समुदायको संरक्षण, जीविकोपार्जन सुदृढीकरण तथा पारिस्थितिक प्रणाली पुनर्स्थापनाका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर बराबरको अनुदान प्रदान गरेको छ। उक्त सहयोगमार्फत ‘जीवन (JEEVAN)’ परियोजना कार्यान्वयन गरिनेछ।

    एक वर्ष अवधिको यो परियोजना तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई लक्षित गरी सञ्चालन हुनेछ। बाढी, नदी कटान तथा माछा स्रोतमा आएको कमीका कारण प्रभावित समुदायको खाद्य सुरक्षा र जीविकोपार्जनमा देखिएको चुनौतीलाई सम्बोधन गर्दै करिब १४० न्यून आय भएका परिवारको जलवायु उत्थानशीलता अभिवृद्धि र आर्थिक अवसर विस्तार गर्ने लक्ष्य परियोजनाले लिएको छ।

    परियोजनाअन्तर्गत डब्लूडब्लूएफ नेपालले जैविक तटबन्ध (बायो–डाइक), हरित पट्टी विकास, खोल्सा पुनर्स्थापना तथा अन्य प्रकृतिमा आधारित समाधानमार्फत बाढीको जोखिम न्यूनीकरण गर्नेछ। यसका साथै कृषियोग्य भूमि र बस्तीलाई डुबानबाट जोगाउने तथा स्थानीय पारिस्थितिक प्रणाली पुनर्जीवित गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

    यस पहलले समुदायमा दिगो र विविधीकृत जीविकोपार्जनका अवसर विस्तार गर्ने लक्ष्य पनि राखेको छ। होमस्टेमा आधारित पर्यापर्यटन प्रवर्द्धन, पशुपालन र कुखुरापालनमा सहयोग तथा उत्पादनको बजार पहुँच विस्तारजस्ता कार्यक्रममार्फत स्थानीय आयआर्जन बढाउने योजना रहेको छ। साथै, मेटलाइफका कर्मचारीहरूले स्वयंसेवकका रूपमा वित्तीय साक्षरता, बजेट व्यवस्थापन र साना व्यवसाय सञ्चालनसम्बन्धी तालिम प्रदान गरी समुदायको क्षमता अभिवृद्धिमा योगदान गर्नेछन्।

    परियोजनाले कर्णाली नदीको जैविक विविधता संरक्षणमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। समुदायको माछा स्रोतमा निर्भरता घटाउँदै नदी डल्फिन, घडियाललगायत संकटापन्न जलचर प्रजातिको संरक्षणमा समेत परियोजनाले योगदान गर्ने जनाइएको छ।

    मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले जोखिम व्यवस्थापनमा पूर्वतयारी र रोकथामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै डब्लूडब्लूएफ नेपालसँगको सहकार्यले बाढी प्रभावित समुदायलाई थप सुरक्षित, उत्थानशील र आर्थिक रूपमा सक्षम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    त्यसैगरी, डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले राजापुर क्षेत्रका सोनाहा र थारू समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै बाढी जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण र दिगो जीविकोपार्जन प्रवर्द्धनमा परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले मानिस र प्रकृतिको सहअस्तित्वलाई सुदृढ गर्ने उद्देश्यसहितको यस पहलमा सहयोग गरेकोमा मेटलाइफ फाउन्डेसनप्रति आभार व्यक्त गरे।

    डब्लूडब्लूएफ नेपालले सन् १९९३ देखि नेपालमा जैविक विविधता संरक्षण, वन्यजन्तु संरक्षण, स्वच्छ जल प्रणाली, जलवायु अनुकूलन र दिगो जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ। त्यसैगरी, सन् १९७६ मा स्थापना भएको मेटलाइफ फाउन्डेसनले विश्वभर आर्थिक सशक्तीकरण, वित्तीय स्वास्थ्य र उत्थानशील समुदाय निर्माणका क्षेत्रमा एक अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै
    २१ घण्टा अघि

  • २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम
    २२ घण्टा अघि

  • ३

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने
    १ दिन अघि

  • ४

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति
    २ दिन अघि

  • ५

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    ४ दिन अघि

  • ६

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना
    ४ दिन अघि

  • ७

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    १ हफ्ता अघि

  • ८

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    १ हफ्ता अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    १ हफ्ता अघि

  • १०

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    १ हफ्ता अघि

  • साताको प्रचलित खबर
    १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

    नेपाल नक्सा
    २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ३

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ४

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

    नेपाल नक्सा
    ५

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

    नेपाल नक्सा
    ६

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution