• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ८, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

१८ घण्टा अघि
२

दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

१८ घण्टा अघि
३

रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

१ दिन अघि
४

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

१ दिन अघि
५

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

४ दिन अघि
६

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

४ दिन अघि
७

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

१ हफ्ता अघि
८

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

१ हफ्ता अघि
९

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

१ हफ्ता अघि
१०

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

१ हफ्ता अघि
११

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

१ हफ्ता अघि
१२

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

१ हफ्ता अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
राससप्रकाशित मिति: २०७९ अषाढ ११, शनिबार (४ साल अघि)

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको सफलता, मधेस प्रदेशमा अझै ध्यान दिनुपर्ने

  • 4,820 Views
  • काठमाडौं । इमान्दार प्रयत्न तथा योजनाबद्ध प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको १० महिनामा वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणका अनुसार सो अवधिमा वितरणतर्फको विद्युत् चुहावट १०.४१ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

    सामान्य हिसाबमा एक प्रतिशत बराबरको चुहावट नियन्त्रण गर्दा झण्डै एक अर्ब बराबरको आर्थिक लाभ हुन जाने प्राधिकरणको बुझाइ छ । नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविाधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको योजनावद्ध अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.०९ प्रतिशत विन्दुले घटाएको छ । गत वर्ष वैशाखसम्मको वितरणतर्फको विद्युत् चुहावट ११.५० प्रतिशत थियो ।

    प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    यस अवधिमा नयाँ सवस्टेशन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सवस्टेशनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ भएको लगायतका कारणबाट चुहावट घटेको हो । प्राधिकरणले हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गरिरहेको छ । ओभरलोड भएका सवस्टेशनको सुदृढीकरण तथा नयाँ सवस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काम गरिरहेको छ । गर्मीमा तराई÷मधेशमा चुहावट केही बढ्छ तर प्राधिकरणले यसलाई नियन्त्रण गरी चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको जनाएको छ ।

    सवस्टेशनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहनलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकैरुपमा चलाइएको छ ।

    सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेशमा

    प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको पाइएको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १३.६७ प्रतिशत छ । अघिल्लो वर्ष सो प्रदेशको समग्र चुहावट १६.३१ प्रतिशत थियो । सर्लाहीको मलङ्गवा वितरण केन्द्रको सबैभन्दा बढी ४५.०९ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष यस अवधिमा मलङ्गवा वितरण केन्द्रको विद्युत् चुहावट २७.३७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४५.०९ प्रतिशत पुगेको हो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट गत वर्ष ५१.०४ प्रतिशत रहेकोमा यस वर्ष ४०.६८ प्रतिशतमा झरेको छ ।

    महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.९१ प्रतिशत रहेकोमा यस वर्ष ३६.२८ प्रतिशत रहेको छ । रौतहटको गौर वितरण केन्द्रको गत वर्ष ३०.१२ प्रतिशत रहेको चुहावट यस वर्ष बणेश्वर ३३.६३ प्रतिशत पुगेको छ । औद्योगिक ग्राहक धेरै रहेकोले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट ०.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट ०.६४ प्रतिशत थियो । प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट गत वर्ष २५.३६ प्रतिशत रहेकोमा यस वर्ष बढेर २५.६५ प्रतिशत थियो ।

    बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौंडा मातहतका छ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २७.२९ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत त्यस केन्द्रको २८.३१ प्रतिशत चुहावट थियो । बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २५.५६ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २६.२७ प्रतिशत चुहावट थियो ।

    गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८.६० प्रतिशत रहेकोमा यस वर्ष १५.८० प्रतिशतमा झरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको रहेको छ । गत वर्ष २२.४४ प्रतिशत रहेको चुहावट यस वर्ष बढेर २९.१३ प्रतिशत पुगेको छ ।

    लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट प्यूठान वितरण केन्द्रको १८.३६ प्रतिशत रहेको छ । अघिल्लो वष त्यस केन्द्रको चुहावट १९.८९ प्रतिशत थियो । कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष २९.३१ प्रतिशत रहेकोमा यस वर्ष २२.४४ प्रतिशतमा झरेको छ ।

    सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गत वर्ष १७.७५ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २२.४५ प्रतिशत पुगेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै
    १८ घण्टा अघि

  • २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम
    १८ घण्टा अघि

  • ३

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने
    १ दिन अघि

  • ४

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति
    १ दिन अघि

  • ५

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    ४ दिन अघि

  • ६

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना
    ४ दिन अघि

  • ७

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    १ हफ्ता अघि

  • ८

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    १ हफ्ता अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    १ हफ्ता अघि

  • १०

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    १ हफ्ता अघि

  • साताको प्रचलित खबर
    १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

    नेपाल नक्सा
    २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ३

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ४

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

    नेपाल नक्सा
    ५

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

    नेपाल नक्सा
    ६

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution