• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ८, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

१२ घण्टा अघि
२

दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

१२ घण्टा अघि
३

रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

१ दिन अघि
४

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

१ दिन अघि
५

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

४ दिन अघि
६

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

४ दिन अघि
७

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

१ हफ्ता अघि
८

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

१ हफ्ता अघि
९

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

१ हफ्ता अघि
१०

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

१ हफ्ता अघि
११

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

१ हफ्ता अघि
१२

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

१ हफ्ता अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
राससप्रकाशित मिति: २०७९ आश्विन १७, सोमबार (४ साल अघि)

गाउँघरमा देखिन छाड्यो पिङ

  • 7,652 Views
  • दमौली,  असोज १७ । पिङ हालेको देखेपछि दशैं आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेले वर्षमा एक पटक भए पनि दशैंमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेष गरी दशैंको बेलामा पिङको छुट्टै महत्त्व छ ।

    विगत केही वर्ष पहिला दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो । दशैं मनाउनका गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर विस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ । सहरमात्र नभई गाउँघरमा पनि आजभोलि कमै मात्र पिङ देख्न सकिन्छ ।

    पहिला पहिला दशैं आउनुअगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको म्याग्दे गाउँपालिका–७ का मोहन बरालीले बताउनुभयो । “दशैंमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “आजभोलि त सहर बजारका साथसाथै गाउँमा पनि पिङ देख्न छाडियो ।”

    पहिला–पहिला दशैं आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोलि त्यस्तो क्रम घट्दै गएको भिमाद नगरपालिका–९ का शिवकुमार आलेले सुनाउनुभयो । विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि निकै काम मात्रै पिङ देखिने आलेको भनाइ छ । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ”, उहाँले भन्नुभयो । उहाँले संस्कृति जोगाउनका लागि आफूहरु यो वर्ष पिङ हाल्ने तयारीमा रहेको बताउनुभयो ।

    सहर बजार र जिल्ला बाहिर भएका व्यक्ति दशैं मान्न घर फर्किदा गाउँघर भने रमाइलो हुने गरेको छ । व्यास नगरपालिकाले विगतका केही वर्ष व्यास–३ स्थित खुला मैदानमा रोटे पिङ हालेको थियो । विगत दुई वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण दमौलीमा पनि पिङ हालिएन तर केही गाउँमा भने दशैंका बेला पिङ हाल्ने प्रचलन अझै पनि कायमै रहेको छ । भानु नगरपालिका–५ बारीफाँटस्थित जनसेवा युवा क्लबका सदस्यले पिङ हालेपछि गाउँमा दशैं आएकोजस्तो अनुभूति स्थानीय युवा मनोज श्रेष्ठले जानकारीदिनुभयो ।

    त्यस्तै, केही ठाउँमा संस्कृति र परम्पराका लागि जनाउँदै स्थानीयवासीले पिङ हाल्ने तयारी गरेका छन् । बन्दीपुरस्थित टुँडिखेलमा स्थानीय व्यवसायीले पिङ हाल्ने तयारी गरेको किसान प्रधानले जानकारी दिनुभयो । “टुँडिखेल टोल विकास संस्थाले दशैंका लागि पिङ हाल्नका लागि बाबियो सङ्कलन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “केही दिनभित्रै पिङ तयार हुन्छ ।” उक्त संस्थाले गत वर्ष पनि बन्दीपुरमा पिङ हालेको थियो ।

    संस्कृति संरक्षणका लागि पहल
    पिङ हाल्ने प्रचलन हराउँदै जान थालेपछि जिल्लाका स्थानीय तहले भने पिङ संरक्षणको अभियान सुरु गरेका छन् । व्यास नगरपालिका–५ ले पिङ संरक्षणका लागि वडाभित्रका प्रत्येक टोलमा दशैंमा पिङ हाल्न लठ्ठा वितरण गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    वडाभित्र रहेका १७ टोल विकास संस्थालाई लठ्ठा वितरण गरिएको छ । “गाउँघरमा पिङ नै हराउँदै जान थालेपछि वडा कार्यालयले लठ्ठा खरिद गरेर टोललाई निःशुल्क उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा कम्तीमा १७ वटै टोलमा पिङ देख्न पाइने भएको छ ।”

    व्यास नगरपालिकाले केही ठाउँमा पिङ हाल्न बजेट सहयोग गरेको छ । व्यास नगरपालिका–३ स्थित खुला मैदानमा पिङ राखिएको वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो । नेपाली सेनाको श्रमदानमा खुला मैदानमा दुई वटा पिङ बनाइएको छ ।

    “बजारमा पिङ नदेख्दा दशैं आएको जस्तो अनुभूति पनि भएन, वडावासीले पनि पिङ हाल्न आग्रह गर्नुभयो”, उहाँले भन्नुभयो, “दुईवटामध्ये एउटा पिङ बालबालिकाका लागि खेल्न बनाएका छौँ ।” व्यास–११ मा नगरपालिकाको रु ५० हजार सहयोगमा पिङ हालिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “विगतमा नगरपालिकाको लगानीमा रोटेपिङ हालिए पनि यस वर्ष भने लिङ्गे पुल बनाउन लागेका छौँ”, उहाँले भन्नुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै
    १२ घण्टा अघि

  • २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम
    १२ घण्टा अघि

  • ३

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने
    १ दिन अघि

  • ४

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति
    १ दिन अघि

  • ५

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    ४ दिन अघि

  • ६

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना
    ४ दिन अघि

  • ७

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    १ हफ्ता अघि

  • ८

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    १ हफ्ता अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    १ हफ्ता अघि

  • १०

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    १ हफ्ता अघि

  • साताको प्रचलित खबर
    १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

    नेपाल नक्सा
    २

    दशैँ मनाएर काठमाडौं फर्किनेको चाप बढ्यो, प्रमुख नाकामा सवारीसाधनको लाम

    नेपाल नक्सा
    ३

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

    नेपाल नक्सा
    ४

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

    नेपाल नक्सा
    ५

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

    नेपाल नक्सा
    ६

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution