• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २६, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

१ घण्टा अघि
२

रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

१ घण्टा अघि
३

सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा

४ घण्टा अघि
४

बाढीपीडित उद्योगी व्यवसायीलाई पाँच वर्ष कर तथा गैरकर छुट दिन महासंघको माग

५ घण्टा अघि
५

सहसचिव र उपसचिवको सरुवा हुँदै, मापदण्ड र कार्यअवधिमाथि फेरि प्रश्न

५ घण्टा अघि
६

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त

१ दिन अघि
७

उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस

१ दिन अघि
८

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

१ दिन अघि
९

विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

१ दिन अघि
१०

नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

१ दिन अघि
११

ग्यास आपूर्तिबारे मन्त्रीको अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति

१ दिन अघि
१२

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ पौष २०, आईतबार (८ महिना अघि)

अमेरिकी आक्रमणले अन्तर्राष्ट्रिय कानून र शान्ति जोखिममा,विश्व राजनीतिमा नयाँ विभाजन,कुन देशका राष्ट्र प्रमुखले के भने?

  • 4,992 Views
  • एजेन्सी। – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको पुष्टि भएपछि अन्तर्राष्ट्रिय समुदायमा तीव्र प्रतिक्रिया आएका छन्। यस घटनाप्रति भेनेजुएलाका नजिकका सहयोगी रुस र चीनले कडा आपत्ति जनाउँदै यसलाई सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनको रूपमा देखाएका छन्।

    चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकाले जबर्जस्ती नियन्त्रणमा लिएर देशबाहिर लैजाने कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। चिनियाँ पक्षले यस्तो कदम अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन भएको जनाएको छ।

    चीनको धारणा अनुसार, कुनै पनि सार्वभौम देशको निर्वाचित सरकारलाई बल प्रयोगमार्फत अपदस्थ गर्ने प्रयासले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वलाई गम्भीर जोखिममा पार्छ। यसले विश्व व्यवस्थामा नकारात्मक उदाहरण स्थापित गर्ने चेतावनी चीनले दिएको छ।

    चीनले अमेरिकालाई राष्ट्रपति मादुरो र उनकी पत्नीको व्यक्तिगत सुरक्षाको सुनिश्चितता गर्न, उनीहरूलाई तत्काल रिहा गर्न तथा भेनेजुएलाको सरकार परिवर्तन गर्ने प्रयास बन्द गर्न आग्रह गरेको छ। साथै, सबै विवाद र समस्याको समाधान बल प्रयोग होइन, संवाद र वार्तामार्फत खोजिनुपर्नेमा चीनले जोड दिएको छ।

    रुसले अमेरिकी कदमप्रति गम्भीर चासो व्यक्त गर्दै यसले अन्तर्राष्ट्रिय व्यवस्था कमजोर पार्ने चेतावनी दिएको छ। चीनको विदेश मन्त्रालयले अमेरिकाको जबरजस्ती कदमले भेनेजुएलाको सार्वभौमसत्ता मात्र होइन, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको शान्ति र सुरक्षालाई पनि जोखिममा पार्ने उल्लेख गरेको छ।

    क्युबाले पनि उक्त घटनाको कडा निन्दा गरेको छ। राष्ट्रपति मिगुएल डियाज–केनेलले यसलाई शान्तिपूर्ण क्षेत्रमाथि आपराधिक आक्रमण भन्दै अन्तर्राष्ट्रिय समुदायबाट तत्काल कारबाही आवश्यक रहेको बताएका छन्। युरोपेली संघले संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेको छ भने स्पेनले शान्तिपूर्ण समाधानका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको संकेत दिएको छ। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको पालना गर्न जोड दिएका छन्।

    बेलायतका प्रधानमन्त्री केयर स्टारमरले अमेरिकी कारबाहीमा बेलायत संलग्न नरहेको स्पष्ट पारेका छन्। उनले सबै तथ्य सार्वजनिक भएपछि मात्रै धारणा बनाइने बताउँदै भेनेजुएलामा रहेका बेलायती नागरिकको सुरक्षा दूतावासमार्फत निगरानीमा रहेको जानकारी दिएका छन्।

    ल्याटिन अमेरिकामा प्रतिक्रियाहरू मिश्रित देखिएका छन्। चिलीका राष्ट्रपति गेब्रियल बोरिकले अमेरिकी सैन्य कारबाहीप्रति चिन्ता र निन्दा व्यक्त गर्दै संकट समाधान संवाद र सहयोगमार्फत हुनुपर्ने बताएका छन्। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस कदमलाई “सहन नसकिने सीमा पार” भन्दै यसले हिंसा र अस्थिरता बढाउने चेतावनी दिएका छन्। अर्कोतर्फ, अर्जेन्टिनाका राष्ट्रपति जेभियर मेलीले अमेरिकी कदमको स्वागत गर्दै “स्वतन्त्रता अगाडि बढिरहेको छ” भनेका छन्।

    उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणपछि पूर्वी एसिया क्षेत्रमा सुरक्षा चिन्ता पुनः बढेको छ। अमेरिकी सेनाले एशिया–प्रशान्त क्षेत्रमा जारी गरेको विज्ञप्तिमा ती प्रक्षेपणहरूले अमेरिकी सेना, भू–भाग वा उसका सहयोगी राष्ट्रहरूलाई तत्काल खतरा नपुगेको जनाएको छ। यद्यपि, अमेरिका र सम्बन्धित देशहरूले प्रक्षेपणको प्राविधिक विवरणलाई नजिकबाट अध्ययन गरिरहेको र पूर्ण तयारी अवस्थामा रहेको सेनाले स्पष्ट पारेको छ।

    दक्षिण कोरियाको सियोलस्थित सुदूरपूर्व अध्ययन संस्थानका प्राध्यापक लिम उल–चुलले यी प्रक्षेपणलाई चीनप्रति पठाइएको सन्देशका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार उत्तर कोरियाले चीन र दक्षिण कोरियाबीच बढ्दो सम्बन्ध रोक्ने तथा आणविक निरस्त्रीकरणबारे चीनको धारणा विरुद्ध सन्देश दिन खोजेको हो। साथै, हालै अमेरिकाले भेनेजुएलामा गरेको हस्तक्षेपसँग आफूलाई तुलना नगरियोस् भन्ने सन्देश पनि उत्तर कोरियाले दिन खोजेको उनको विश्लेषण छ।

    यस घटनाले भेनेजुएलाको संकट मात्र होइन, अन्तर्राष्ट्रिय राजनीति र दक्षिण अमेरिकी क्षेत्रमा गहिरो विभाजन र बहस सिर्जना गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट
    १ घण्टा अघि

  • २

    रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय
    १ घण्टा अघि

  • ३

    सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
    ४ घण्टा अघि

  • ४

    बाढीपीडित उद्योगी व्यवसायीलाई पाँच वर्ष कर तथा गैरकर छुट दिन महासंघको माग
    ५ घण्टा अघि

  • ५

    सहसचिव र उपसचिवको सरुवा हुँदै, मापदण्ड र कार्यअवधिमाथि फेरि प्रश्न
    ५ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त
    १ दिन अघि

  • ७

    उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस
    १ दिन अघि

  • ८

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
    १ दिन अघि

  • ९

    विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
    १ दिन अघि

  • १०

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ३

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

    नेपाल नक्सा
    ४

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा
    ५

    मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह

    नेपाल नक्सा
    ६

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution