• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वास्थ्य बीमामा पैसा तिर्ने बढे, सेवा धान्न बोर्डलाई चुनौती

३ घण्टा अघि
२

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढ्यो, एक वर्षमै ८९ करोड रुपैयाँभन्दा बढी खुद आम्दानी

१८ घण्टा अघि
३

बाल सुधार गृहलाई शिक्षा, सीप विकास र पुनर्स्थापनाको केन्द्र बनाइने : मन्त्री सीता वादी

१९ घण्टा अघि
४

इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा कांस्य पदक जित्यो

२0 घण्टा अघि
५

कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन

२१ घण्टा अघि
६

सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद

२ दिन अघि
७

पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च

२ दिन अघि
८

पेन्सन पाउँदै करारमा कार्यरत करिब ४०० कर्मचारी आजदेखि बिदाइ, करार कर्मचारी ‘पुल’ प्रणालीमा राख्ने सरकारको निर्णय

२ दिन अघि
९

नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक

२ दिन अघि
१०

‘सन्चो बाम’को लोगो अझै दर्ता भएन, रोयल्टी आम्दानीबाट जडीबुटी कम्पनी वञ्चित

३ दिन अघि
११

साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल

३ दिन अघि
१२

मेसीको जादुई प्रदर्शनमा अर्जेन्टिना इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
राससप्रकाशित मिति: २०७९ भाद्र २२, बुधबार (३ साल अघि)

ढोरपाटन आरक्षमा अबदेखि बँदेलको सिकार गर्न पाइने

  • 4,580 Views
  • बागलुङ , २२ भाद्र । वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो ।आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ । ‘वर्षमा २२ बँदेलको सिकार कोटा निर्धारण गरिएको छ, बोलपत्रमार्फत छानिएका सिकार कम्पनीले सिकार खेलाउन पाउँछन्’ उनले भने, ‘विशेष गरी नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको सिकार खुलाउन लागिएको हो, यसबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास छ ।’

    नाउर र झारलको महँगो सिकार नेपाली सिकारीको पहुँचमा छैन । त्यसका लागि विदेशी पेसेवर सिकारी भने लाखौँ खर्चन तयार हुन्छन् । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि पुगेका छैनन् । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीच सम्बन्ध बलियो हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

    ‘बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ’, उनले भने, ‘वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ ।’

    बँदेल सिकारको दररेट भने बोलपत्रमा हुने प्रतिस्पर्धापछि मात्र तय हुने आरक्ष कार्यालयले जनाएको छ । विभागले नाउर, झारलसँगै बँदेलको पनि एकसाथ विद्युतीय बोलपत्र माग्ने भएको छ ।

    आरक्षले प्रारम्भिक अध्ययनपछि वार्षिक १६ देखि २३ वटासम्म बँदेलको सिकार गराउन सकिने सुझाव विभागमा पठाएको थियो । सोही आधारमा विभागले दुई याममा ११÷११ बँदेलको सिकार कोटा तोक्ने तयारी गरेको हो ।

    प्रमुख संरक्षण अधिकृत कँडेलले विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताउनुभयो । नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्ने गर्छ ।
    यस वर्षलाई बँदेलको बढी बसोबास रहेका सिकार ‘ब्लक’मा चारदेखि पाँच र थोरै भएकामा एकदेखि दुईसम्म मात्र सिकार गराइने भएको छ । आरक्षका सातवटै सिकार ‘ब्लक’मा बँदेल पाइन्छ । फागुने, बार्से र सुर्तिबाङ ‘ब्लक’मा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताए ।

    ‘बँदेलको सिकार गराउन कम्पनीले माग गर्दै आएका थिए, विभागले प्रकृया अघि बढाएको सुनिएको छ’, उनले भने, ‘यसबाट आन्तरिक पर्यटक आकर्षित हुन्छन्, सिकारको रोमाञ्चक अनुभव लिने अवसर पनि मिल्छ ।’ नाउर र झारल सिकारको जस्तो महत्व बँदेल सिकारमा भने नहुने उहाँको भनाइ छ ।

    ‘हन्टिङ ट्रफीका लागि नाउर र झारलको सिकार खेल्न विदेशी ढोरपाटन आउँछन्, बँदेल त मासुको प्रयोजनमा मात्र काम लाग्छ’, थापाले भने, ‘नेपालीहरु पनि ढोरपाटनमा सिकार खेल्न इच्छुक छन्, सिकारमा रमाउन चाहान्छन्, त्यो अवसर दिनुपर्छ ।’
    रतुवा मृग, चरालगायत अरु वन्यजन्तु र पन्छीकोसमेत सिकार गर्न पाइने भएपनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ । विभागले केही दिनमै चालु आवको पहिलो सिकार यामका लागि दरभाउपत्र मागको सूचना निकाल्दैछ । विभागले कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ ।

    ढोरपाटनमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् ।

    बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । वर्षमा २० नाउर र ११ झारलको सिकार गरिन्छ । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने गर्छ ।

    कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन् ।

    चार वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर सिकारको रु तेह्र लाख ५१ हजार र झारल सिकारको रु तेह्र लाख ५० हजारसम्म राजश्व बुझाउन कम्पनी तयार भएका थिए । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् ।

    सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर सिकारी ढोरपाटन आउँछन् । सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइँमा ढोरपाटन पर्ने गरेको छ । सिकारीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

    विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वास्थ्य बीमामा पैसा तिर्ने बढे, सेवा धान्न बोर्डलाई चुनौती
    ३ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढ्यो, एक वर्षमै ८९ करोड रुपैयाँभन्दा बढी खुद आम्दानी
    १८ घण्टा अघि

  • ३

    बाल सुधार गृहलाई शिक्षा, सीप विकास र पुनर्स्थापनाको केन्द्र बनाइने : मन्त्री सीता वादी
    १९ घण्टा अघि

  • ४

    इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा कांस्य पदक जित्यो
    २0 घण्टा अघि

  • ५

    कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन
    २१ घण्टा अघि

  • ६

    सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद
    २ दिन अघि

  • ७

    पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च
    २ दिन अघि

  • ८

    पेन्सन पाउँदै करारमा कार्यरत करिब ४०० कर्मचारी आजदेखि बिदाइ, करार कर्मचारी ‘पुल’ प्रणालीमा राख्ने सरकारको निर्णय
    २ दिन अघि

  • ९

    नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक
    २ दिन अघि

  • १०

    ‘सन्चो बाम’को लोगो अझै दर्ता भएन, रोयल्टी आम्दानीबाट जडीबुटी कम्पनी वञ्चित
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    नेपाल नक्सा
    २

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

    नेपाल नक्सा
    ३

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

    नेपाल नक्सा
    ४

    विशेष अदालतबाट सफाइपछि नेपाल टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली

    नेपाल नक्सा
    ५

    वीर अस्पतालमा स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग नहुँदा बिरामी मारमा

    नेपाल नक्सा
    ६

    मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution