• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २६, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

३ घण्टा अघि
२

रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

३ घण्टा अघि
३

सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा

६ घण्टा अघि
४

बाढीपीडित उद्योगी व्यवसायीलाई पाँच वर्ष कर तथा गैरकर छुट दिन महासंघको माग

६ घण्टा अघि
५

सहसचिव र उपसचिवको सरुवा हुँदै, मापदण्ड र कार्यअवधिमाथि फेरि प्रश्न

६ घण्टा अघि
६

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त

१ दिन अघि
७

उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस

१ दिन अघि
८

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

१ दिन अघि
९

विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

१ दिन अघि
१०

नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

१ दिन अघि
११

ग्यास आपूर्तिबारे मन्त्रीको अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति

१ दिन अघि
१२

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०७८ आश्विन १६, शनिबार (४ साल अघि)

विज्ञहरूको ज्येष्ठ नागरिकहरूमा देखिएको ‘डिजिटल डिभाइड’ प्रतिको चासो

  • 5,261 Views
  • काठमाडौँ । ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर शुक्रवार काठमाडौँमा आयोजित एक अन्तर्राष्ट्रिय गोष्ठीका सहभागी विज्ञहरूले वर्तमान समयमा ज्येष्ठ नागरिकहरूका लागि डिजिटल प्रविधि वरदान सावित हुँदै गएको भए पनि यसमा देखिएको असमान पहुँच भने चिन्ताको विषय भएको औँल्याएका छन् ।

    नेपाल, भारत तथा बंगलादेशस्थित विभिन्न संस्थाहरूसँगको सहकार्यमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को अगुवाइमा सम्पन्न उक्त भर्चुअल गोष्ठीको मुख्य विषय ‘सबै उमेर–समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानताको सवाल’ रहेको थियो ।

    हरेक वर्षको अक्टोबर १ तारिखका दिन विश्वभर ज्येष्ठ नागरिक दिवस मनाउने चलन रहिआएको र सोका लागि संयुक्त राष्ट्रसंघले विशेष नारासमेत तय गर्ने परम्पराअनुसार यस वर्षको नारा पनि ‘सबै उमेर–समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ (डिजिटल इक्वालिटी फर अल एजेज) भन्ने तोकिएको थियो । सोहीबमोजिम आयोजकहरूबाट उक्त ‘थिम’लाई नै आधार बनाई छलफल कार्यक्रम चलाइएको थियो ।

    करिब ४० जना सहभागी रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपानका अध्यक्ष तथा सूचना–प्रविधि विज्ञ डा. अनोज क्षेत्रीले गरेका थिएभने कार्यक्रमको सञ्चालन मनोविद् डा. नरेन्दसिंह्र ठगुन्नाले गरेका थिए ।

    नेपालका तर्फबाट जनस्वास्थ्यविज्ञ महेश शर्माले विशेष कार्यपत्र प्रस्तुत गरेका थिए भने तोया गौतम, छिङ्गलमु शेर्पा, छत्र प्रधान तथा राजेश जोशीले आआफ्ना अनुभव बाँडेका थिए । त्यसैगरी भारतका तर्फबाट विभिन्न विश्वविद्यालयसँग आबद्ध प्राध्यापकहरू क्रमशः डा. अनुभूति दुबे, डा. आराधना शुक्ला, डा. पञ्च रामलिङ्गम, डा. रोशन लालले मूल कार्यपत्रमाथि टिप्पणी गर्दै आआफ्ना विचार राखेका थिए । गोष्ठीमा बङ्गलादेशबाट प्रतिनिधित्व गर्ने सहप्राध्यापक डा. शाहीनूर रहमानले आफ्ना अनुभव प्रस्तुत गरेका थिए । समग्र गोष्ठीको सारसंक्षेप भने नेपालकी हेरिना जोशीले गरेकी थिइन् ।

    विश्वभर नै ज्येष्ठ नागरिकको संख्या दिनप्रतिदिन बढिरहेको, ज्येष्ठ नागरिकको सुरक्षित, स्वस्थ र सम्मानित जीवनका लागि हरेक देशले कानुन, नीति, रणनीति तथा कार्ययोजनाका दस्तावेजहरू बनाएको भए पनि तिनको कार्यान्वयन अपेक्षित मात्रामा हुन नसकेको; ज्येष्ठ नागरिकहरूले अनेक खालका विपद् तथा कोरोनाजस्ता वैश्विक महामारीबाट अन्य उमेरसमूहका व्यक्तिहरू भन्दा बढी प्रताडित हुनु परेको, महामारीका बेला डिजिटल प्रविधिको उच्चतम प्रयोग भएको तर तिनका कारण ज्येष्ठ नागरिकहरूले झन् एक्लो महसुस गर्न बाध्य भएको कुरा पनि विज्ञहरूले उठाएका थिए । साथै, धनी राष्ट्रहरूको तुलनामा गरिब राष्ट्रहरूमा प्रविधि प्रयोगका लागि चाहिने उपकरण महँगो हुनु, सबै ठाउँमा उपलब्ध नहुनु, निरक्षरताका कारण डिजिटल प्रविधि प्रयोग गर्न र अभ्यस्त हुन कठिन हुनु, विभिन्न उमेर समूह र फरक–फरक क्षमता भएका व्यक्तिहरूका लागि प्रयोगमैत्री ‘डिभाइस’ उपलब्ध नहुनु आदिजस्ता तमाम चुनौतीहरू रहेको कुरा पनि विज्ञहरूले औँल्याएका छन् ।

    प्रविधि प्रयोगको व्यापकता र ज्येष्ठ नागरिकको सहजता अभिवृद्धिका लागि विभिन्न तहका सरकार, गैरसरकारी क्षेत्र, निजी क्षेत्र तथा नागरिक समाजले पनि समन्वयात्मक ढंगबाट कार्य गर्नुपर्ने र दुर्गम क्षेत्रमा बसोबास गर्ने, विपन्न परिवारका व्यक्ति, महिला, अपाङ्गता भएका एवम् निसहाय तथा निरक्षर ज्येष्ठ नागरिकहरूलाई विशेष केन्द्रित गरी साक्षरता तथा जनसचेतना अभियान, प्रविधि हस्तान्तरण तालिम, उपकरण अनुदान तथा सहुलियतमा इन्टरनेट प्रदानजस्ता विविध सेवा पुर्याउन ढिला गर्न नहुने निष्कर्ष पनि गोष्ठीले निकालेको छ ।

    पछिल्लो समयमा ज्येष्ठ नागरिकहरूमा एकाकीपन, मानसिक समस्या, अल्जाइमर तथा डिमेन्सिया, उदासीनता आदिजस्ता विविध समस्याहरू बढदै गएको सन्दर्भमा स्थानीय सरकारले अझ बढी चनाखो भई उपयुक्त नीति तथा कार्यक्रम ल्याउनुपर्ने कुरा पनि विज्ञहरूले औँल्याए ।

    कार्यक्रममा रमेशकुमार सिंह (थाइल्याण्ड), चेतनाथ कणेल, डा. झविन्द्र भण्डारी, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, दलबहादुर जिसी, शान्ति थापा, कर्ण नेपाली, डा. गिरीराज पन्थी, डा. उषाकिरण सुब्बा, प्रकाश गौतम, गोपाल तामाङ्ग, सुनील यादव, सिर्जना घिसिङ, जीवन मल्ल, लुमिना सिंह, विन्दु आचार्य, चन्द्र सर्तुङ्गे मगर, जानकी धामी, वीरेन्द्र रायलगायतका विकासविज्ञ तथा ज्येष्ठ नागरिक अभियन्ताहरूको सहभागिता थियो ।

    ‘गोष्ठीका निष्कर्ष तथा उपलब्धिहरूलाई आउँदा दिनमा अझ समन्वयात्मक तथा प्रभावकारी ढंगले अनुसन्धान, तालिम, प्रकाशन, जनवकालत, सञ्जालीकरण था विशिष्टीकरण गर्दै लगिने कुरा मूल आयोजक संस्था नेपानका अध्यक्ष डा. अनोज क्षेत्रीले बताए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट
    ३ घण्टा अघि

  • २

    रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय
    ३ घण्टा अघि

  • ३

    सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
    ६ घण्टा अघि

  • ४

    बाढीपीडित उद्योगी व्यवसायीलाई पाँच वर्ष कर तथा गैरकर छुट दिन महासंघको माग
    ६ घण्टा अघि

  • ५

    सहसचिव र उपसचिवको सरुवा हुँदै, मापदण्ड र कार्यअवधिमाथि फेरि प्रश्न
    ६ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त
    १ दिन अघि

  • ७

    उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस
    १ दिन अघि

  • ८

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
    १ दिन अघि

  • ९

    विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
    १ दिन अघि

  • १०

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ३

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

    नेपाल नक्सा
    ४

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा
    ५

    मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह

    नेपाल नक्सा
    ६

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution