
काठमाडौँ । डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईंबीच कुरा नमिलेपछि उनीहरू दल दर्ता गर्नुअघि नै अलग भएका छन्। यसअघि दुवै पक्ष मिलेर ‘जय नेपाल पार्टी’ बनाउने सहमति भएको थियो। सहमतिअनुसार राणा सभापति र प्रसाईं सर्वोच्च नेता बन्ने भनिएको थियो।
राप्रपाको महामन्त्री पद छाडेका राणाले शुक्रबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन्। नेता सगुनसुन्दर लावतीका अनुसार दिउँसो साढे १२ बजे आयोग जाने कार्यक्रम छ। पार्टीको नाम ‘जय नेपाल पार्टी’ र चुनाव चिह्न त्रिभुज प्रस्ताव गरिएको छ।
तर प्रसाईं भने दल दर्ताको कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको बताइएको छ। उनले आफ्ना समर्थकलाई नयाँ पार्टी छिट्टै गठन हुने बताएका छन् । प्रसाईंले नयाँ पार्टी गरिब, पीडित, भूमिहीन, उत्पीडित तथा ऋणको समस्यामा परेका नागरिकको पक्षमा काम गर्ने दाबी गरेका छन्। उनका अनुसार पार्टी सबै जातजाति र धर्मका नेपालीको साझा बन्नेछ। पार्टीले हिन्दु अधिराज्यसहित नागरिकको अधिकार र न्यायका मुद्दा उठाउने उनले बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे