• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ८, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

२३ घण्टा अघि
२

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

२३ घण्टा अघि
३

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

३ दिन अघि
४

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

३ दिन अघि
५

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

१ हफ्ता अघि
६

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

१ हफ्ता अघि
७

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

१ हफ्ता अघि
८

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

१ हफ्ता अघि
९

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

१ हफ्ता अघि
१०

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

१ हफ्ता अघि
११

काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

१ हफ्ता अघि
१२

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

१ हफ्ता अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०७९ कार्तिक २४, बिहिबार (३ साल अघि)

कृषि प्रधान मुलुक: धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै!

  • 6,088 Views
  • काठमाडौँ  ,२४ कात्तिक | अहिले उत्पादन भइरहेको  धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउँछन्। ‘पहिले चामलको स्वाद गुलियो हुन्थ्यो। अहिले स्वाद नै फरक छ। अहिलेको चामलमा  गुलियोपन छैन’, उनी भन्छन्, ‘पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो। अहिले बास्ना पनि कम आउने र कम गुलियो छ।’

    कृषक ओझा प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने चलन नै हराएको बताउँछन्। विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन पर्याप्त हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ। ‘पहिले रासायनिक मल भन्ने नै थाहा थिएन। गोठ नै खेतबारीमा राखिन्थ्यो। प्राङ्गारिक मलले उत्पादन पर्याप्त हुन्थ्यो। स्वादिलो हुन्थ्यो’, उनी भन्छन्, ‘ढिकी, झाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो। अहिले विद्युतीय मेसिनमा कुटानी पिसानी हुँदा स्वाद फरक परेको जस्तो लाग्छ।’

    ‘अहिले खेतीपाती गर्न खर्चिलो छ। रासायनिक मलको प्रयोग गरिन्छ। त्यो किन्नै प¥यो। अहिले गाईवस्तु पाल्ने, मल उत्पादन गर्ने प्रचलन हराएको छ। अनि कसरी राम्रो उत्पादन होस्। यो दुःख गर्नुभन्दा बजारको चामल सस्तो पर्छ। केको दुःख गर्नु अहिलेकाले’, ओझा भन्छन्, ‘भकारीको धान निकाल्नुभन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् अचेल। दुःख किन गर्छन् र रु’

    आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनी भन्छन्, ‘अधियाँ गर्ने मान्छे पाइँदैन। खेत बाँझै रहन्छ। आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानुपरेको छ।’ ‘अहिले तीन भकारी धान भए पनि वर्षभरलाई खान पुग्दैन’, ओझा भन्छन्, ‘रासायनिक मलकै कारण पहिलेको जस्तो आटिलो हुँदैन।’ विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले बताउनुभयो। केही वर्षदेखि आफूले खेती गर्न नसकेको उनी बताउँछन्।

    उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्याप्त नहुने अग्रज किसान ओझाको अनुभव छ। उनले अहिले पनि केही खेतमा धान रोप्ने गरेका छन् तर काम गर्न सक्ने अवस्था नभए पनि ज्याला र ट्र्याक्टर लगाएर खेती गर्दै आएका छन्। खेती नगर्न छोरा, बुहारी, नातीनातिनाले सुझाव दिने गरेको उनी बताउँछन्।

    यस्तै व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए। ‘खेतीपाती गर्न सकिँदैन। छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन्। जसले गर्दा भएको जग्गा जमिन बाँझो भएका छन् र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ’, शाहीले भने।

    बजारबाट किनेको चामलको मूल्यभन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवापुस्ताले चासो दिन छाडेको अगुवा कृषकको बुझाइ  छ। आफैँले खेतीपाती गर्दा उत्पादनभन्दा लागत बढी लाग्ने भएकाले विदेशिने वा बजारमा काम गरेर चामल किनेर खाने चलन बढ्दै गएको उनीहरुको भनाइ छ।

    कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए। ‘धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि हुँदैन। जसले गर्दा धान खेतीमा युवाको चासो छैन’, उनले भने। साना किसानको धान बिक्री नै नहुँदा पनि उत्पादन घट्ने क्रममा रहेको उनको भनाइ छ।

    जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताए। सरकारले यसको नियन्त्रणका लागि रणनीतिक योजना तयार गर्नुपर्ने उनको भनाइ छ। ‘जबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैन। तबसम्म बाँझो जमिन बढ्दै जान्छ। यसको न्यूनीकरणका लागि कम्पनी मोडेलतर्फ सरकारले योजना बनाउनुपर्छ’, उनले भने।

    कृषि पेसालाई बचाइ राख्न कम्पनी मोडेलको योजना सरकारले बनाउनतर्फ ध्यान दिनुपर्ने अवस्था देखिएको तिवारीले बताए। ‘कृषि पेसालाई कम्पनी मोडेलतर्फ विकास गर्न सकिएन भने कृषि प्रधान देशमा नै अध्ययनको विषय बन्न सक्ने सम्भाव्यता बढेको छ’, उनले भने। कृषि प्रधान देशमा नै कृषि पेसा अध्ययनको विषय बन्ने अवस्थामा पुग्न नदिन किसानसँग सम्बन्धित रहेका पक्ष सचेत हुन आवश्यक देखिएको छ।

    धान उत्पादन वृद्धि

    चालु आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ। धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए। ‘गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ’, उनले भने। गत वर्ष आठ हजार हेक्टरमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको उनले बताए।

    यस वर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताए। उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको उनले बताए।

    कृषि पेसाबाट विमुख

    कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने कृषक बढ्दै गएका छन्। आफैँले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि दुःख गर्न युवा नचाहने बताइएको छ। धान उत्पादनका लागि धेरै खर्च बढ्दा विदेशबाट आयातित चामल किनेर खान किसानले नै थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दिनानाथ लम्साल बताउँछन्।

    उनी भन्छन्, ‘पुरानो परम्परागत खेतीपाती गर्ने चलन छैन। पूर्णरुपमा परम्परागत खेतपाती गर्ने चलन हराएको पनि छैन र पूर्णरुपमा आधुनिक प्रविधिको उपयोगबाट खेतीपाती गर्न सकिएको छैन। यसले गर्दा उत्पादनमा समस्या भएको हो।’

    स्थानीय उत्पादित मल, बीउ हराएको र पूर्णरुपमा आयातित मल, बीउबिजन हुने भएकाले उत्पादन राम्रो भएको देखिने गरेको उनले बताए। धेरै देखिए पनि दीर्घकालसम्मलाई अन्न नपुग्ने गरेको लम्साल बताउँछन्। तराई क्षेत्रमा जस्तो कामदार यहाँ नपाइने उनी बताउँछन्। ‘पहिले पहिले जस्तो खेताला पाइँदैन। मेसिनको प्रयोग गरिन्छ तर पूर्णरुपमा होइन। आधाआधी मेसिन त्यो चलाउन आफैँले काम गर्नुपर्छ। महँगो पर्न जान्छ यसले युवा विमुख भएको हुनसक्छ’, उनले भने।

    रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने उनीहरुको बुझाइ छ। विगतमा आफ्नै खेतबारीबाट उत्पादित खाद्यान्न खाएर स्वस्थ्य रहने गरेको अगुवा किसानको भनाइ छ। विगतमा तनहुँ जिल्ला करिब करिब धान उत्पादनमा आत्मनिर्भर रहेको अगुवा किसान बताउँछन्। यहाँबाट अन्यत्र निर्यातसमेत हुने गरे पनि हाल जिल्लामा आयात हुने गरेको उनीहरु बताउँछन्।

    खेती गर्नुभन्दा चामल किन्दा कम मूल्य पर्ने भएर पनि युवा कृषि पेसाबाट विमुख भएको पाइएको वरिष्ठ कृषि विकास अधिकृत तिवारी बताउँछन्। ‘चामल र घर चलाउनकै लागि विदेशिएर आयआर्जन गर्न पुग्ने गरेका छन्। यहीँ उत्पादन वृद्धि र सहज मूल्यको वातावरण बनाउन सरकार र राजनीतिक दलको मुख्य भूमिका रहन्छ। त्यसैले युवालाई कृषि र कृषकले मूल्य पाउने गरी बिक्री नभए सरकार वा कुनै कम्पनीले खरिद गर्ने तथा प्रोत्साहन गर्न जरुरी छ’, उनले भने।

    तनहुँको व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, शिशाघाट, सत्रसय, घाँसीकँुवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँटमा धान उत्पादन हुन्छ।

    त्यस्तै देवघाट गाउँपालिकाको वेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबँेसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ। धान उत्पादन हुने क्षेत्रमा नै खेतीपाती गर्न कम हुँदा उत्पादन घट्दै गएको छ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने
    २३ घण्टा अघि

  • २

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति
    २३ घण्टा अघि

  • ३

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    ३ दिन अघि

  • ४

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना
    ३ दिन अघि

  • ५

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    १ हफ्ता अघि

  • ६

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    १ हफ्ता अघि

  • ७

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    १ हफ्ता अघि

  • ८

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    १ हफ्ता अघि

  • ९

    दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने
    १ हफ्ता अघि

  • १०

    बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड
    १ हफ्ता अघि

  • साताको प्रचलित खबर
    १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

    नेपाल नक्सा
    २

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

    नेपाल नक्सा
    ३

    रवि लामिछाने परिवारसहित भारत जाँदै, कैँची धाम र कामाख्या देवीको दर्शन गर्ने

    नेपाल नक्सा
    ४

    चीनको तिब्बतमा शक्तिशाली भूकम्प, ३३९ घरमा क्षति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution