
काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला गर्दैछ। बिहान ११ः३० बजे सुरु हुने कार्यक्रममा निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। तीन दिनसम्म चल्ने भेलामा कांग्रेसको आगामी नीति र कार्यक्रमबारे छलफल हुनेछ। साउन ३० र ३१ गते हुने बन्दसत्रमा विभिन्न विषयमा छलफल गरी नयाँ नीति तथा कार्यक्रम तय गर्ने तयारी छ। आयोजकले भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने बताएका छन्।
केही समयअघि जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि बिहीबार नेपाल फर्किएका उनलाई विमानस्थलमा समर्थकहरूले बाजागाजासहित स्वागत गरेका थिए। त्यसपछि उनलाई चुनदेवीस्थित कार्यालय लगिएको थियो, जहाँ ‘सभापति’ लेखिएको बोर्ड राखिएको छ। भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे