
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले आज दाबी पेस गर्दैछन्। प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न बिहान ११ बजेसम्मको समय दिएका छन्। नेकपा एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी गर्न लागेका हुन्।
भट्टले बिहान ११ बजे मुख्यमन्त्री नियुक्त हुने र दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँबाट पद तथा गोपनीयताको शपथ लिने जानकारी दिएका छन्। एमालेसँग छलफल गरेर आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि रहेको उनले बताएका छन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री बन्ने व्यवस्था छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे