
काठमाडौँ । प्रस्तावित राष्ट्रवादी ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ। पार्टीका नेता डा. धवलशम्शेर राणाका अनुसार दिउँसो १२ बजे पार्टीका नेता, कार्यकर्ता र समर्थकहरू निर्वाचन आयोगमा उपस्थित हुनेछन्।
पार्टी निर्माणका क्रममा ‘नागरिक बचाउ महाअभियान’ पनि सहभागी हुने सहमति भए पनि दुर्गा प्रसाईँ भने आजको दर्ता कार्यक्रममा सहभागी नहुने भएका छन्। तत्काल पार्टी दर्ता गर्ने विषयमा प्रसाईँ र राणाबीच फरक मत भएपछि राणाले मात्र पार्टी दर्ता गर्न लागेका हुन्।
राणाका अनुसार पार्टी दर्ता भएको एक साताभित्र ‘जय नेपाल पार्टी’ र ‘नागरिक बचाउ महाअभियान’बीच एकीकरण गर्ने सहमति भएको छ। पार्टी निर्माणको प्रक्रिया सहमतिअनुसार अघि बढिरहेको भन्दै कार्यदलले भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे