
काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयका अनुसार विशेष कारणले बैठक स्थगित गरिएको हो। बैठक सिंहदरबारमा बस्ने तय भएको थियो।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोगको पहिलो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यक्रम थियो। त्यस्तै, उनले मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयकमाथि छलफल सुरु गर्न प्रस्ताव पनि राख्ने कार्यसूची थियो। तर बैठक स्थगित भएपछि यी दुवै विषयमा आज छलफल हुन सकेन। बैठक अब कहिले बस्ने भन्नेबारे नयाँ सूचना पछि सार्वजनिक गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे