
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सञ्चार सम्पर्कमा सहजता पुर्याउन नेपाल टेलिकम र एनसेलले निःशुल्क सेवा उपलब्ध गराएका छन्। बाढीका कारण प्रभावित मानिसलाई आफन्तसँग सम्पर्क गर्न तथा उद्धार र राहतका काममा सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
सरकारले राहत, उद्धार र खोजीमा प्रयोग हुने निजी हेलिकप्टरलाई पनि विशेष सुविधा दिएको छ। यस्ता कामका लागि प्रभावित क्षेत्रमा जाने निजी हेलिकप्टरले छुट्टै अनुमति लिन नपर्ने व्यवस्था गरिएको छ।
सरकारका अनुसार यसले विपद्को समयमा आवश्यक उद्धार सामग्री, स्वास्थ्यकर्मी र उद्धार टोलीलाई छिटो प्रभावित क्षेत्रमा पुर्याउन सहयोग गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे