
काठमाडौँ । आज प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्ने कार्यक्रम स्थगित भएको छ। दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय गरिएको थियो। तर, देशका विभिन्न जिल्लामा बाढीले ठूलो क्षति पुर्याएपछि उक्त कार्यक्रम स्थगित गरिएको हो।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आजको बैठक छोटो समयका लागि मात्र बस्ने तयारी भइरहेको छ।
भोटेकोशी नदीमा आएको बाढीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह अहिले खोज, उद्धार र राहतका कामबारे सम्बन्धित निकायसँग छलफलमा व्यस्त छन्। बाढी प्रभावित नागरिकको उद्धार र राहतलाई प्राथमिकता दिइएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे