
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रविन सिजापति नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार सिजापतिलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। उनको नियुक्तिसँगै बैंकको उच्च व्यवस्थापनको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्।
सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत थिए। बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे