
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताबारे प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी हुन्।
प्रधानमन्त्री शाहले एनपीएल नेपाली क्रिकेटका लागि महत्वपूर्ण प्रतियोगिता भएको बताएका छन्। उनले प्रतियोगितामा खेल्न आएका विदेशी खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै खेलाडी, आयोजक र नेपाल क्रिकेट संघलाई सफलताको शुभकामना दिएका छन्।
प्रतियोगिताको पहिलो खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल आज अपराह्न ४ः३० बजे सुरु हुनेछ।
यस संस्करणमा आठ टोली सहभागी छन्। प्रतियोगिताका खेल हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकमबाट प्रत्यक्ष हेर्न सकिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे