
काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीपछि फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका सञ्जय शाह र कविर महर्जन आयोजनामा क्रमशः मेकानिकल फोरम्यान र मेकानिकल सुपरभाइजरका रूपमा काम गर्दै आएका थिए। बाढी आएपछि उनीहरू सुरुङभित्रै फसेका थिए।
सुरुङभित्र अझै केही व्यक्ति फसेको हुनसक्ने आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोली खटिएका छन्।
१० दिनपछि दुई जनालाई जीवितै उद्धार गर्न सफल भएपछि सुरुङभित्र रहेका अन्य व्यक्तिलाई पनि सकुशल बाहिर निकाल्न सकिने आशा बढेको छ। उद्धार टोलीले सुरुङभित्र थप मानिसको खोजीलाई निरन्तरता दिइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे