• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २९, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

२ घण्टा अघि
२

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

३ घण्टा अघि
३

तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

४ घण्टा अघि
४

प्रस्तावित राजदूत सुनार र खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत, १० जनाको अनुमोदन

४ घण्टा अघि
५

साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग

४ घण्टा अघि
६

बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

४ घण्टा अघि
७

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

२३ घण्टा अघि
८

प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ स्थगित, स्वार्थको द्वन्द्व र आर्थिक अनियमितताबारे प्रश्न

१ दिन अघि
९

देशभरका १०९ ठूला सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, ८९ विद्यालयलाई बजेट निकासा

१ दिन अघि
१०

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन रोक, अटेरी गरे कारबाही

१ दिन अघि
११

लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमेद भट्टराई नियुक्त

१ दिन अघि
१२

चाडपर्वको बिदामा साइबर ठगी रोक्न राष्ट्र बैंकको निर्देशन, शंकास्पद कारोबार तत्काल रोक्का गर्नुपर्ने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०७९ पौष १८, सोमबार (३ साल अघि)

सम्पर्कमा छैनन् काठमाडौँका सहकारी

  • 4,214 Views
  • काठमाडौँ  ,१८ पुस | काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ । तर, देशकै सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका भित्रै सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमासमेत छैनन् ।

    महानगरपालिका अन्तर्गतको सहकारी विभागका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको सङ्ख्या अत्याधिक रहेका छन् । यसबाट सहकारीको मर्म एवं भावना अनुसारको काम हुन नसकेको पाइएको छ । विभागका अनुसार काठमाडौँ महानगरपालिका मात्रै कार्यक्षेत्र रहनेगरी हालसम्म दर्ता भएको सहकारीको सङ्ख्या एक हजार नौ सय ६९ रहेको छ ।

    तीमध्ये झण्डै तीन सय बढी सहकारी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । आधा बढी सहकारीले नियमअनुसार समयमा विवरण अद्यावधिक गरेका छैनन् । सहकारी ऐन तथा नियमावलीअनुसार प्रत्येक सहकारीले आर्थिक वर्ष सकिएको छ महिनाभित्र सम्बन्धित सहकारी विभागमा साधारणसभा तथा कर चुक्ताको प्रमाणपत्रसहित विवरण अद्यावधिक गर्नुपर्छ । तर, एक हजार बढी सहकारी अघिल्लो आर्थिक वर्षकै विवरण अद्यावधिक गरेका छैनन् ।

    विभागका प्रमुख देवेन्द्र पोखरेलका अनुसार अघिल्लो पुससम्म आर्थिक वर्ष २०७७–७८ को विवरणसहित सात सय सहकारी अद्यावधिक भएका थिए । असार मसान्तसम्म पुग्दा यस्तो सङ्ख्या नौ सय हाराहारीमा पुगेको थियो । बाँकी सहकारीले एक वर्षभन्दा बढी अवधिदेखि विवरण अद्यावधिक गरेका छैनन् ।

    आर्थिक वर्ष २०७८–७९ को विवरणसहित अद्यावधिक गर्ने अन्तिम मिति नजिकिएको छ । पुस मसान्तसम्म यस्तो विवरण बुझाउनुपर्नेमा दुई साता मात्रै बाँकी रहँदा यो सङ्ख्या चार सय ५० हाराहारीमा मात्रै पुगेको विभागले जनाएको छ ।

    यो वर्ष सहकारीको अद्यावधिक गर्न कोपोमिसमा आवद्धता र अपडेट अनिवार्य हुनुपर्ने व्यवस्था सहकारी विभागले गरेको छ । यस कारणले समयमा अद्यावधिक गर्नेको सङ्ख्या थप घट्नसक्ने अनुमान विभागको छ ।

    एक हजार ६ सय बढी सहकारी कोपोमिसको दायरामा  समयमा अद्यावधिक नभए पनि विभागको सहकारी व्यवस्थापन प्रणाली (कोपोमिस) सफ्टवेयर प्रयोग गर्नेको सङ्ख्या भने उच्च छ । हालसम्म करिब एक हजार छ सय सहकारी संस्थाले यो सफ्टवेयरको युजरनेम र पासवर्ड लिइसकेको विभागले जनाएको छ । अझै पनि तीन सय बढी सहकारी संस्था प्रणालीबाट बाहिर छन् ।

    तर, पछिल्लो समय प्रणालीमा आवद्ध हुने सहकारीको सङ्ख्या बढ्दै गएको विभागीय प्रमुख पोखरेल बताउँछन् । “पछिल्लो समय कोपोमिसमा आवद्ध हुन आउनेको सङ्ख्या बढेको छ । दैनिक दुई÷तीन वटा सहकारी यसका लागि आउने गर्नुभएको छ”, पोखरेलले भने, “हाम्रो पहिलो उद्देश्य भनेकै सबैलाई सम्पर्कमा ल्याउने र प्रणालीमा आवद्ध गराउने हो । सम्पर्कमा आएपछि मात्रै हामी नियमनको दायरालाई फराकिलो बनाउन सक्छौँ ।”

    त्यसो त सहकारीको नियमनलाई फराकिलो बनाउन काठमाडौँं महानगरपालिकाले प्राथमिकता दिएको छ । यसका लागि कार्यपालिका बैठकले सहकारी हेर्न छुट्टै समिति गठन गर्ने निर्णय गरिसकेको छ । यसअघि सामाजिक समिति अन्तर्गत रहेको विभागलाई हेर्न छुट्टै समिति बनेकोले यसको सकारात्मक प्रभावपर्ने पोखरेलको विश्वास छ । समितिले पूर्णता पाउने वित्तिकै थप तीव्र गतिका साथ काम थाल्ने उनले बताए ।

    सहकारी सञ्चालकविरुद्ध उजुरीको चाङ

    सहकारी क्षेत्रमा बचत फिर्ताको समस्या आउँदा विभागमा उजुरी बढ्दै गएको छ । तत्कालीन दायित्व भुक्तानीमा समस्या भएर केही सहकारी संस्था समस्यामा परेसँगै यसको असर समग्र सहकारी क्षेत्रमा पर्दै गएको छ । सो विभागमा मात्रै पछिल्लो समय विभिन्न सहकारी संस्था र सञ्चालकविरुद्ध एक सय २० भन्दा धेरै उजुरी परेको विभागले जनाएको छ ।

    यसरी परेको उजुरीमा विभागले पक्षलाई बोलाएर आवश्यक मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने गरेको विभागीय प्रमुख पोखरेल बताउँछन् । तर, त्यसरी बोलाउँदा नआउने, सम्पर्कमा रहेर पनि विभागको मध्यस्ततामा चित्त नबुझाउने तथा सहमति गरेर पनि उल्लङ्घन गर्नेविरुद्ध भने कारबाही गर्न प्रहरीमा सिफारिस गर्ने गरेको उनको भनाइ छ । हालसम्म विभागले ५० भन्दा बढी उजुरी उपर कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको विभागीय प्रमुख पोखरेलले जानकारी दिए ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी
    २ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग
    ३ घण्टा अघि

  • ३

    तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान
    ४ घण्टा अघि

  • ४

    प्रस्तावित राजदूत सुनार र खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत, १० जनाको अनुमोदन
    ४ घण्टा अघि

  • ५

    साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग
    ४ घण्टा अघि

  • ६

    बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
    ४ घण्टा अघि

  • ७

    सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
    २३ घण्टा अघि

  • ८

    प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ स्थगित, स्वार्थको द्वन्द्व र आर्थिक अनियमितताबारे प्रश्न
    १ दिन अघि

  • ९

    देशभरका १०९ ठूला सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, ८९ विद्यालयलाई बजेट निकासा
    १ दिन अघि

  • १०

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन रोक, अटेरी गरे कारबाही
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

    नेपाल नक्सा
    २

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

    नेपाल नक्सा
    ३

    प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की

    नेपाल नक्सा
    ४

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

    नेपाल नक्सा
    ५

    बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

    नेपाल नक्सा
    ६

    बेनीघाटमा बाढीको अति उच्च जोखिम, चितवन र नवलपरासीमा पनि सतर्कता

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution