
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले लगाउने कालो चस्माबारे व्यंग्य गरेका छन्। उनले प्रधानमन्त्रीको चस्मा कालो होस् वा सेतो, त्यसले खासै फरक नपर्ने बताएका छन्।
शाहीले प्रधानमन्त्रीले चस्माको रङभन्दा देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले बिरालो कालो वा सेतो जस्तो भए पनि मुसा मार्न सक्नुपर्ने उदाहरण दिँदै प्रधानमन्त्रीलाई पनि राम्रो काम गर्ने क्षमता देखाउनुपर्ने बताएका हुन्।
उनको भनाइअनुसार अहिले देशलाई कालो वा सेतो चस्मा होइन, समस्यालाई सही रूपमा देखेर समाधान गर्न सक्ने ‘काम गर्ने चस्मा’ आवश्यक छ। शाहीको टिप्पणी प्रधानमन्त्रीको चस्मालाई लिएर संसद्मा भइरहेको चर्चाप्रति लक्षित देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे