
काठमाडौँ । विनाशकारी हिमबाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाबाट ९४ वटा शव त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। एकैपटक धेरै शव आएपछि अस्पतालको शवगृहमा व्यवस्थापन गर्न समस्या भएको छ।
अस्पतालमा सामान्य अवस्थामा करिब १५० शव राख्न सकिन्छ। विशेष अवस्थामा बढीमा २०० वटासम्म राख्न सकिए पनि लामो समय राख्नुपर्ने अवस्था आए समस्या हुने फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले बताउनुभयो।
अस्पतालमा पहिलेदेखि नै पहिचान हुन नसकेका र आफन्त नभएका केही शव वर्षौंदेखि रहेका छन्। नयाँ शव थपिँदै गएपछि समस्या झन् बढेको छ।
पहिचान नभएका शवको डीएनए परीक्षण, आफन्तको खोजी र कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले डा. चौधरीले शवलाई वैज्ञानिक तरिकाले जमिनमुनि व्यवस्थापन गर्न सुझाव दिनुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे