
काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनको पक्राउ गैरकानुनी भएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै श्रेष्ठलाई अदालतमा ल्याउन आदेश दिएको हो। अदालतले श्रेष्ठको घर र कार्यालयबाट प्रहरीले लगेका सामानसहित उनलाई उपस्थित गराउन भनेको छ।
समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ गरेको जनाएको छ। पक्राउपछि प्रहरीले धोबीघाटस्थित जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो। त्यहाँबाट केही कम्प्युटर तथा अन्य सामग्री प्रहरीले लगेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे