
काठमाडौं – काठमाडौंको बाँसबारीमा लगातार परेको वर्षाका कारण साढे दुईतले एउटा घर भासिएको छ। काठमाडौं महानगरपालिका–३ मा रहेको उक्त घर बिहीबार बेलुकी करिब ८ बजे भासिएको हो। यसअघि सो घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो। घर भासिने समयमा त्यहाँ कोही पनि नरहेकाले मानवीय क्षति भएको छैन।
घटना भएपछि महानगरपालिकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। साथै, घटनाको कारण र क्षतिको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे