
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेपछि पहिलोपटक सडकमार्ग हुँदै पोखरातर्फ गएका छन्। उनी पोखरा हुँदै मुस्ताङ पुग्ने तयारीमा छन्। शुक्रबार बिहान प्रधानमन्त्री सवार गाडी धादिङको पृथ्वी राजमार्गमा केही समय रोकिएको थियो। त्यसपछि उनको टोली पोखरातर्फ अघि बढेको सुरक्षा स्रोतले जनाएको छ।
तर, प्रधानमन्त्रीको यो भ्रमणबारे स्थानीय सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीहरूलाई औपचारिक जानकारी भने दिइएको छैन। उनीहरूले सञ्चारमाध्यमबाटै भ्रमणबारे जानकारी पाएको बताएका छन्। कास्की र मुस्ताङका प्रमुख जिल्ला अधिकारीहरूले पनि प्रधानमन्त्री स्थलमार्ग हुँदै आउँदै गरेको जानकारी पाएको, तर भ्रमणको औपचारिक तालिका र कार्यक्रम आफूहरूलाई प्राप्त नभएको बताएका छन्। प्रधानमन्त्रीको भ्रमणको उद्देश्यबारे भने थप विवरण सार्वजनिक भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे