
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बैठक बसेको हो। बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालय सदस्य र विभागीय प्रमुखको मनोनयनबारे प्रस्तावमाथि छलफल हुँदैछ।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने तरिका र प्रक्रिया तय गर्ने विषय पनि बैठकको मुख्य एजेन्डामा छ। साथै, २०८३ सालका लागि पार्टीको योजना अनुमोदन गर्ने र जनप्रतिनिधिलाई पदबाट फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने विषयमा पनि छलफल हुनेछ।
स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति बनाउने, नेता तथा सांसदलाई छनोट प्रक्रियाबारे प्रशिक्षण दिने र पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे