
काठमाडौँ । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ। मंगलबार बिहान बसेको बैठकमा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकलाई थप छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित भयो।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गरेकी थिइन्। सांसदहरूले प्रस्तावमा सहमति जनाएपछि विधेयक समितिमा पठाउने निर्णय भएको हो।
प्रस्ताव पारित भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अर्को बैठक भदौ १६ गते दिउँसो १ बजे बस्ने जानकारी दिए। अब समितिले विधेयकका विभिन्न प्रावधानबारे विस्तृत छलफल गर्नेछ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर विधेयकलाई फेरि राष्ट्रिय सभामा प्रस्तुत गरिनेछ। हालका लागि राष्ट्रिय सभाको बैठक भने स्थगित गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे