
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका छन्। उनीहरूका तर्फबाट सोमबार सर्वोच्चमा पूरक निवेदन दर्ता गरिएको हो। निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नयाँ नेतृत्वले आफूखुसी महाधिवेशनको प्रक्रिया अघि बढाएको भन्दै त्यसलाई रोक्न माग गरिएको छ।
कांग्रेसको आधिकारिकता र नेतृत्वसम्बन्धी विवादमा सर्वोच्चले मुद्दाको सुरुदेखि नै सुनुवाइ गर्ने अनुमति दिएको थियो। त्यसपछि पनि महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै असन्तुष्ट पक्ष अदालत पुगेको हो। सर्वोच्च अदालतले यी निवेदनमाथि आगामी ११ गते सुनुवाइ गर्ने भएको छ। अदालतको निर्णयपछि कांग्रेसको महाधिवेशन र नेतृत्वसम्बन्धी विवादको अर्को बाटो तय हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे