
काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कामदारहरू फसेको आशंका गरिएको थियो। उनीहरूको खोजीका लागि नेपाली सेनाको टोली सुरुङभित्र पुगेको थियो। इन्जिनियर र ड्रोनसहित पुगेको सेनाको टोलीले सुरुङको अन्तिम भागसम्म पुगेर खोजी गरेको थियो। तर, त्यहाँ कुनै पनि मानिस फेला परेनन्।
सुरुङभित्र ड्रोन उडाएरसमेत खोजी गर्दा मानवीय उपस्थिति नदेखिएपछि त्यहाँ कोही पनि मानिस नरहेको पुष्टि भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
खोजीमा मानिस नभेटिएपछि नेपाली सेनाको उद्धार टोली सुरुङबाट फर्किएर रसुवाको धुन्चे पुगेको छ। बाढीका कारण आयोजनामा कार्यरत कामदारहरू सुरुङभित्र फसेको आशंका गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे